
पोखरा १५, असोज,
पोखरामा लागू औषध बिक्री बितरण गर्ने फार्मेसी संचालक पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं। ७ मा रहेको शभेक्षा फार्मेसीबाट लागू औषध बिक्री बितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले मंगलबार फार्मेसी ंसंचालक ५८ बर्षका मित्रलाल शर्मालाई पक्राउ गरेको हो ।
कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता बसन्त कुमार शर्माले बताए । शुभेक्षा फार्मेसीमा खानतलासी गर्दा Tapentadol Hydrochloride Capsuls 50 mg लेखिएको लागू औषध ११५ चक्की बरामद भएको र निजले घर वतनमा समेत लुकाई छिपाई राखेकोभन्ने सूचना अनुसार निजको घर जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१७ पावरहाउस स्थितमा खानतलासी गर्दा लागू औषध Tapentadol Hydrochloride Capsuls 50 mg लेखिएको लागू औषध ४५,०७० चकी गरी जम्मा ४५,१८५ (पैचालिस हजार एक सय पचासी) चक्की लागू औषध बरामद भएको हुँदा निज शुभेक्षा फार्मेसीका संचालक जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ घर बस्ने वर्ष ५८ का मित्रलाल शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




