कास्की

कास्की माछापुच्छ्रे—२ भुर्जुङखोलामा संचालिन गण्डकी रेन्बो ट्राउट फार्मबाट बार्षिक २५ टन माछा उत्पादन (भिडियो सहित)

दीननाथ बराल, पोखरा ३०, वैशाख, कास्कीको माछापुच्छ«े गाउँपालिका—२ भुर्जुङखोलामा संचालन हुँदै आएको गण्डकी ट्राउट फार्ममा बार्षिक रुपमा २५ टन रेन्बो ट्राउट माछा उत्पादन हुने गरेको छ । विगत १६ बर्ष अघि देखि संचालन हुदै आएको उक्त फार्ममा पछिल्लो बर्षदेखि बार्षिक रुपमा २५ टन रेन्बो जातको माछा उत्पादन हुने गरेको गण्डकी ट्राउट फार्मका संचालक मध्यका एक लक्षिन गुरुङले पोखराक्लिकलाई बताउनु भयो । साना ठुला गरी करिब ६० वटा पोखरी रहेको उक्त फार्ममा यस बर्ष पनि करिब २५ टन रेन्बो ट्राउट माछा… पुरा पढौ

मानव वेचविखन सम्बन्धी मुद्दामा ३ जना पक्राउ

पोखरा, पोखरामा मानव वेचविखन सम्बन्धी मुद्दामा ३ जना पक्राउ परेका छन् । पोखराको सृजनाचोकमा रहेको मनिका रेष्टुरेण्टमा अबैध रुपमा यौनजन्य क्रियाकलापहरु भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त होटलबाट ५ जना महिलाहरुलाई उद्धार गरी सेफ हाउसमा पठाएको र उक्त होटल संचालक सहित निम्न ३ जना व्यक्तिहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । कास्की जिल्ला अदालतबाट मनव वेचविखन तथा ओसार पसार सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी… पुरा पढौ

ल्यान्डमार्क नारायणी भरतपुर र देवघाटको ल्याडमार्क फार्म हाउस संचालनमा

३० वैशाख, भरतपुर पोखराबाट सुरु भएको ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले आजदेखि चितवनको भरतपुरमा ल्यान्डमार्क नारायणी र देवघाटमा ल्यान्डमार्क फार्म हाउसको नाममा सेवा विस्तार गरेको छ । आइतबार भरतपुरको ल्याण्डमार्क नारायणीमा पत्रकार सम्मेलन गर्दै ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेले लिजिङ गरेर रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी र देवघाटको फार्म हाउसलाई ल्यान्डमार्क फार्म हाउस बनाएर नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । भरतपुर हाइटमा रहेको ल्याडमार्क नारायणीले ७० कोठाको होटलबाट सेवा सुरू गरेको छ । व्यापारिक र… पुरा पढौ

कास्कीको अन्नपुर्ण र पर्वतको जलजलमा कार्यक्रम गर्दै मुस्ताङ पुग्यो लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको टोली

पोखरा, २९ वैशाख, नेपाल पे्रस युनियनको आयोजनामा सुरु भएको लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको तस्रो दिन कास्कीको अन्नपुर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा कार्यक्रम गर्दै मुस्ताङको मार्फा पुगेको छ । पोखराको अन्नपुर्ण केवलकार मार्फत फेवातालको मनोरम दृश्य अवलोकन गर्दै सराङकोट पुगेर यात्रा सुरु भएको थियो । समिटमा सहभागी राष्ट्रिय तथा अन्तरराष्ट्रिय संचार क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलाई अन्नपुर्ण गाउँपालिकामा बाजा गाजा सहित स्वगत गरिएको थियो । अन्नपुर्ण गाउँपालिका प्र∙णमा आयोजित कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष विष्णु बहादुर केसीले कृषि, पर्यटन र उर्जामा गाउँपालिकाको विकासलाई… पुरा पढौ

गण्डकी प्रदेशकै ठुलो चार्जीङ हव बनाउने अभियानमा वाई.यू.के. पोखराको सेतीबगरमा चार्जिङ स्टेसन, वासिङ र पार्किङ एवं लज सहितको सुविधा

दीननाथ बराल, पोखरा २९, वैशाख, पोखरा १८ को सेदी बगरमा गण्डकी प्रदेशको विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको हव बनाउने अभियान सुरु भएको छ । वाई यू.के.सुपर मार्केटले पोखराको सेतीबगरमा प्रदेशकै चार्जिङ स्टेसनको हव बनाउने अभियान अन्र्तगत केही महिना देखि फास्ट चार्जिङ स्टेसनको रुपमा संचालनमा ल्याएको हो । पछिल्लो समयमा धेरै विद्युतीय सवारी साधन सडकमा गुडन थालेसंगै आवश्यक पर्ने चार्जिङको लागि आफुहरुले प्रदेशकै चार्जिङ स्टेनको हवको रुपमा विकास गर्न खोजिएको वाई यू के सुपर मार्केट प्रा.लि.का अध्यक्ष युवा व्यवसायी… पुरा पढौ

नेपाल पर्यटन वोर्डको सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित्तताको लागि पोखरा पर्यटन परिषदको आग्रह

दीननाथ बराल,पोखरा २९, वैशाख, पोखराको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले रिक्त रहेको नेपाल पर्यटन वोर्डको कार्यकारी सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित्तताको लागि आग्रह गरेको छ । परिषदका अध्यक्ष तारानाथ पहारीले हस्ताक्षर गरेको अनुरोध पत्रमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई सम्बोधन गर्दै नेपाल पर्यटन वोर्डको रिक्त रहेको उक्त कार्यकारी सदस्य पदमा पोखराकै प्रतिनिधित्व सुनिश्चित्तताको लागि पहल गर्न अनुरोध गरिएको छ । पर्यटनको राजधानि घोषणा भई सकेको अबस्थामा ६ खर्ब भन्दा वढि निजि क्षेत्रवाट लगानी… पुरा पढौ

गण्डकी कोटिहोममा दिनबन्धुको प्रवचन सुरु भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन हुने

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति रहनेछ। आयोजक समितिका अनुसार बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिने छ। महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन अपेक्षित गरिएको छ।… पुरा पढौ

जनप्रियलाई अण्डर १६ विद्यालयस्तरीय क्रिकेट उपाधि

पोखरा, बैशाख २८, अण्डर १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको उपाधि जनप्रिय सेकेण्डरी स्कुलले जितेको छ । आईतबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा जनप्रियले सृजना बोर्डिङलाई ९ विकेटले पराजित गर्दै उपाधि उचाल्यो । सृजनाले पहिलो इनिङ शुरु गर्दै ८७ रनको लक्ष्य प्रस्तुत गर्यो । अघिल्लो खेलमा निकै उत्कृष्ट व्याटिङ गरेका सोनु यादवले ३२ रन बनाए । उनले २३ बल खेल्दै ५ चौका प्रहार गरे । उनको प्रतियोगिता अवधिमै उत्कृष्ट व्याटिङ देख्न पाईयो । त्यस्तै किरण क्षत्रीले केवल ७… पुरा पढौ

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सुरु, जलवायु परिवर्तन र प्रेस स्वतन्त्रताको चिन्ता

पोखरा, २८ वैशाख, नेपाल प्रेस युनियनको आयोजनामा पोखरामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट अन्तर्गतको ‘पोखरा सेसन’ मा जलवायु परिर्वतन र प्रेस स्वतन्त्रताको विषयमा चिन्ता व्यक्त गरिएको छ । शुक्रबारदेखि सुरु भएको समिट अन्तर्गत आईतबार ‘पोखरा सेसन’ भएको हो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो भएका समय जलवायु परिवर्तनका असर र मिडियाका चूनौतिका विषयमा चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा लोमान्थाङ अन्र्तराष्ट्रिय मिडिया समिटले विश्वमाझ पु¥याउन सघाउने बताए ।‘जलवायु परिवर्तनले नेपाल… पुरा पढौ

पत्रकारको पेसागत हकहित सहित १० बुंदे माग पेश गर्दै प्रेस सेन्टर कास्कीले जिल्ला प्रशासनमा बुझायो ज्ञापन—पत्र

पोखरा २८, वैशाख, पत्रकारको पेसागत हकहित सहित १० बुंदे माग पेश गर्दै प्रेस सेन्टर नेपाल कास्की शाखाले जिल्ला प्रशासन कार्यालय कस्कीमा ज्ञापन—पत्र बुझाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे मार्फत सङ्घीय सरकारलाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाइएको प्रेस सेन्टर कास्कीले जनाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रेस सेन्टरले उठान गरेका मागहरू जायज र समय सान्दर्भिक भएको बताउदै यथासक्य छिटो संघिय सरकार समक्ष उक्त ज्ञापन पत्रलाई सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रेस सेन्टर… पुरा पढौ