कास्की

पोखराका ४ वटा वडाका विभिन्न घरमा सुन चोरी गर्ने ५ जना पक्राउ, सुन पसल संचालक सहित कालिगढ समेत संलग्न (भिडियो सहित)

दीननाथ बराल,पोखरा २, जेठ, पोखराका ४ वटा वडाबाट सुन चाँदीका गरगहना चोरी गर्ने सुन पसलका संचालक सहित ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१, ३२ लगायतको क्षेत्रका घरको ताला फोरी चोरी गर्ने ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले आज (शुक्रबार) पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो । उक्त घटनामा सुन पसलका संचालक देखि कालिगढसम्म संलग्न भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्याँमबाबु ओलीयाले बताउनु भयो । स्याङ्ग्जा पुलती… पुरा पढौ

पोखरा १३ मा तरबुजा मेला उत्साहपूर्ण रुपमा सम्पन्न

पोखरा, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाद्वारा आयोजित पोखरा १३ को समन्वयमा विहिबार पोखरामा आयोजना भएको तरबुजा मेला उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं।१३ कार्यालयको कार्यालय परिसरमा भएको उक्त मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायत गतिविधिहरू आयोजना भएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनु भयो । पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजाहरू मेलामा राखिएका थिए । महानगरपालिकाको करिब २ सय रोपनी क्षेत्रफलमा ५० बढी व्यवसायीक कृषकहरूले तरबुजा खेती… पुरा पढौ

बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रमको आयोजना गरी जेसीज सप्ताहन्त कार्यक्रम हुने

दीननाथ बराल,पोखरा १, जेठ, बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम सहित जेसीज सप्ताहन्त कार्यक्रम २०२५ हुने भएको छ । यस बर्षको जेसीज सप्ताहन्त कार्यक्रम अन्र्तगत बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम गरी मनाइने भएको पोखरा जेसीजले आज ९विहिबार० पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । उक्त कार्यक्रम अन्र्तगत जेठ ३ गते शनिबार निःशुल्क बृहत आँखा परिक्षण शिविर, निर्णय पुस्तिका ९माईनुट० लेखन तथा वित्तिय साक्षरता तालिम, बिद्यार्थीलाई टिसर्ट वितरण, आर्थिक बिकास समवृद्धिको आधार, वर्तमान परिस्थिति सम्भावना र चुनौती बिषयक… पुरा पढौ

प्रदेश प्रमुख समक्ष महालेखाले पेश गर्‍यो वार्षिक प्रतिवेदन आर्थिक अनुशासन भएमात्रै सुशासनः प्रदेश प्रमुख भट्ट

पोखरा, १ जेठ, महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बामदेव शर्मा अधिकारीले बिहीबार आर्थिक वर्ष २०८०र०८१ को सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । बुधबार महालेखा परीक्षक कार्यालयले उपधारा १ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल… पुरा पढौ

पोखरामा इलेक्ट्रिक माइक्रो बस (इभि) दुर्घटना हुदाँ बालक सहित ३ जनाको मृत्यु

दीननाथ बराल,पोखरा ३१, वैशाख, पोखरामा बुधबार इलेक्ट्रिक माइक्रो बस (इभि) गाडी दुर्घटनामा परी एक वालक सहित ३ जनाको मृत्यु भएको छ । इभि गाडीमा सवार धार्दिङ निलकण्ठ २ भुलभुलेका १५ बर्षिय वालक आगम गुरुङ, पोखरा २५ हेमजाकी ५१ बर्षीया झाङमाया गुरुङ र धार्दिङ खरी की ४५ बर्षीया तिलकुमारी आचार्यको उक्त गाडी दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले पोखराक्लिकलाई बताए । धार्दिङ देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी… पुरा पढौ

युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी राखिँदैन मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा तथा तालिम परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयको आयोजनामा भएको परियोजना निर्देशन समितिको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् । “युवाहरूलाई लक्षित गर्दै सञ्चालित यी परियोजनाहरूले सीप, दक्षता र रोजगार सुनिश्चिततामा उल्लेखनीय प्रभाव पार्नेछन् । प्रदेश सरकारले दिगो भविष्य निर्माणका लागि यस्ता योजनाहरूलाई… पुरा पढौ

पोखरा ३२ लामेआहालमा इभि गाडी दुर्घटना हुँदा २ महिला सहित ३ जना मृत्यु

दीननाथ बराल,पोखरा ३१, वैशाख, पोखरा ३२ लामेआहालमा इभि माइक्रो दुर्घटना हुदाँ दुई महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाण्डौं देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी दुर्घटना हँुदा पोखरा २५ हेमजाकी ताङमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य एक महिला र एक पुरुषको समेत मृत्यु भएको छ भने उहाँहरुको सनाखत हुन बाँकी रहेको जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले बताउनु भयो । २ जना गम्भिर घाइते भएको उहाँले जनाउनु… पुरा पढौ

पोखराको शान्ति स्तुपा नजिकको सडकमा बस दुर्घटना, ६ जना गम्भिर घाइते, उद्धार हुदै

दीननाथ बराल, पोखरा ३१, वैशाख, पोखरा २२ को विश्व शान्ति स्तुपाः नजिकैको सडकमा आज बस दुर्घटना हुदा ६ जना गम्भिर घाइते हुनु भएको छ । शान्ति स्तुपाको पार्किङ भन्दा थोरै माथिको सडकमा ग १ ख ३८८६ नम्बरको माइक्रो बस पल्टदा ६ जना गम्भिर घाइते हुनु भएको स्थानिय राजु क्षेत्रीले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार उद्धार कार्य हाल जारी रहेको छ । २६ जना घाइते हुनु भएको बताइन्छ । यहाँकहरुको पोखरामा उपचार गर्न ल्याईदै छ । ब्रेक फेल भएर उक्त… पुरा पढौ

पुर्खाको थलो जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ, बेलायत र जापानमा पनि रिलिज हुने

पोखरा, बैसाख ३१, नेपाली चलचित्र ुपुर्खाको थलोु आगामी जेठ ३ गते शनिबार पोखरास्थित श्री कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ। ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको चलचित्र मुनाल फिल्म प्रा। लिको व्यानरमा बनेको हो । मुनाल फिल्म ब्यानरको निर्माण भएको यो आठौँ चलचित्र हो। निर्देशक गुरुङले देश छाडेर बिदेसिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेका बेला, त्यसको भावनात्मक प्रभाव र आफ्नो पहिचानप्रतिको सम्झनालाई समेट्दै चलचित्र निर्माण गरेको बताएका छन् । त्यसै गरि निर्मात्री कुबिना गुरुङले चलचित्रले पुर्खा–प्रेम र… पुरा पढौ

पोखरा सहित गण्डकी प्रदेशमा राइड शेयरिङ एप्सले पायो मान्यता, यात्रुबाट राइडर, कम्पनी र प्रदेश सरकारलाई बाडफाँड कसले कति पाउछन !

दीननाथ बराल,पोखरा ३१, वैशाख, सरकारले कानूनि मान्यता नदिए पनि हाल निर्वाद रुपमा संचालन भएका राइड शेयरिङ एप्स अब भने पोखरा सहित गण्डकी प्रदेशमा निश्चित मापदण्ड पूरा गरी संचालनको अनुमति पाउने भएका छन् । गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद ९क्याविनेट० बैठकले राइड शेयरिङ एप्सको नियमावली पारित गरेसंगै अब निश्चित मापदण्ड पूरा गरी यस क्षेत्रका राइड शेयरिङ एप्सको निश्चित मापदण्ड पूरा गरी संचालनको अनुमति पाउने भएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा।टकराज गुरुङले पोखराक्लिकलाई बताउनु भयो । उक्त नियमावली… पुरा पढौ