कास्की

डिजिटल मार्केटिङमा अवसर र चुनौती उत्तिकै हुने हुँदा सावधानि पूर्वक मार्केटिङ गर्न सुझाव

दीननाथ बराल,पोखरा ४, साउन, डिजिटल मार्केटिङमा अवसर र चुनौती उत्तिकै हुने हुँदा सावधानि पूर्वक मार्केटिङ गर्न शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिनु भएको छ । ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत शुक्रबार सम्पन्न पाँच दिने डिजिटल मार्केटिङ सम्बन्धी प्रशिक्षणको समापन समारोहमा वोल्ने वक्ताहरुले उक्त कुरा बताउनु भएको हो । विश्व व्यापी रुपमा रहेको डिजिटल मार्केटिङ रणनीति यसको महत्व र यसलाई… पुरा पढौ

तीन तहमा पहुचका आधारमा बजेट बन्छः प्रोजेक्ट बैंकका योजनाले प्रथामिकता पाउदैनः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल, पोखरा ३, साउन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अझै पनि भन सुन र पहुचका आधारमा बजेट बन्ने बताउनु भएको छ । गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगले बिहिबार पोखरामा आयोजना गरेको आयोजना अबधारणा पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उहाँले अझै पनि स्थानिय तह, प्रदेश र संघिय सरकारका आयोजनाहरु मध्य ५० प्रतिशत जसो पहुचका आधारमा योजनाहरु छनौट हुने गरेको दाबी गर्नु भएको हो । प्रोजेक्ट बैंकबाट योजनाहरु छनौट गरी बजेट निर्माणमा त्यसलाई प्रथामिकता दिन खोज्दा देशमा हुने अस्थिर राजनीतिक… पुरा पढौ

सामुदायिक वन समूहलाई स्थायी लेखा नम्वर अपरिहार्य

गण्डकी, ३ साउन ः वनको संरक्षण, प्रवद्र्धन र विकासमा जोड दिदै आएका सामुदायिक वन उपभोक्ता समूहलाई स्थायी लेखा नंम्वर (पान) अपरिहार्य भएको एक कार्यक्रमका वक्ताले बताएका छन् ।सामुदायिक वन उपभोक्ता महासांघ नेपाल कास्की शाखाको छौठौ पूर्ण बैठकमा बोल्ने वक्ताहरुले नेपाल सरकारले चालू आर्थिक बर्षको बजेटमा प्रत्येक वन समुहले दुई बर्षको लेखा परिक्षण प्रतिवेदनका आधारमा स्थायी लेखा नम्वर दिने व्यवस्थाको भरपुर उपयोग गर्नु पर्नेमा जोड दिइएका हुन । यसअघि संरक्षण, विकास र उपयोग गर्ने गरि समुहलाई हस्तान्तरण गरिएको मितिदेखि हालसम्मको लेखापरिक्षण… पुरा पढौ

पोखरामा यु २० बुद्धिचाल प्रतियोगिता हुने

पोखरा, ३ साउन अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा पोखरामा यु२० खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा पोखरा १७ विरौटामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताबारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक तथा मुख्य निर्णायक रामबहादुर क्षेत्रीले स्विस लिगको आधारमा प्रतियोगिता हुन जानकारी गराए । उनका अनुसार स्विस लिगमा ९ चरणका खेल हुनेछन् । हरेक सहभागी खेलाडीले ९ चरणमा खेल खेल्नुपर्नेछ । शुक्रबार (भोलि) र शनिबार… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय पोखराद्धारा ५ अर्ब ५७ करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा ३, साउन, आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक बर्ष २०८०÷०८१ मा ८७.१९ प्रतिशत प्रगती हासिल गर्न सफल भएको छ । देशको आर्थिक मन्दिले गर्दा व्यापार व्यवसाय फस्टाउन नसक्दा यसको असर राजश्व संकलनमा परेकोले गर्दा बार्षिक लक्ष्य हासिल गर्न केही कठिन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले बताए । कार्यालयले गत बर्ष २०८०÷०८१ मा ५ अर्ब ५७ करोड ५५ लाख २१ हजार राजस्व संकलन गर्न सफल भएको छ । साउन देखि असार मसान्तरसम्म गत… पुरा पढौ

हिमालयन १०० चेस विश्व कीर्तिमानको लागि आयोजना गरिदैँ

हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय चेस दिवस ९२० जुलाई० को अवसरमा युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै ‘हिमालयन १००’ ब्लिज चेस प्रतियोगिता शनिबार किङ्स कलेज, बबरमहलमा आयोजना गर्ने भएको छ । विश्व बुद्धिचाल महासंघ ९फिडे० ले आफ्नो स्थापनाको १ सयौं वर्ष पनि मनाइरहेको छ । यही अवसरमा फिडे यसपालि २० जुलाईमा २४ घन्टाभित्र विश्वमै सबभन्दा बढी चेस खेल्दै ‘गिनिज वल्र्ड रेकर्डस्’ कायम गर्ने अभियानमा रहेको छ, जसलाई उसले फिडे १०० गिनिज वल्र्ड रेकर्ड्स अटेम्प्ट’ नाम दिइएको छ । फिडेको यही अभियानअन्तर्गत् नेपालमा ‘हिमालयन… पुरा पढौ

गण्डकी विश्वविद्यालयले गर्यो “एमआइटी एआई” विषय सार्वजनिक

गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए । प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको भन्दै… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसमा युनाइटेड क्लव पोखराद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना

युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठ, क्लवका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिना लगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख सिशुकला पराजुली, क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा वोल्दै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युुनाइटेड क्लबले… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामीको उपचार गर्ने वेड अभाव : भुईँ तथा कुर्सीमा उपचार हुँदै

दीननाथ बराल, पोखरा १, साउन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा वेड अभाव हुँदा भुईँ तथा कुर्सीमै बिरामीको उपचार गर्न बाध्य हुुनु परेको छ । पोखरा-१९, पुरुन्चौरका कृष्णप्रसाद पौडेलले आफ्ना बाबुको उचार गर्न अस्पतालमा आए पनि वेड अभावनमा कुर्सीमा राखेरै उपचार गर्नु भएको थियो । प्रदेशकै ठुलो अस्पताल भनेर पहिचान बनाएको उक्त अस्पतालमा इमर्जेन्सि वार्डका बिरामीहरुको लागि वेड अभाव हुनुले आफुहरुलाई निकै दःुख लागेको उहाँले पोखराक्लिकलाई बताउनु भयो । बाबुको पेटमा समस्या भए पछि पौडेलले बाबुको उपचार गर्न… पुरा पढौ

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई लायन्सको सहयोग

पोखरा १ साउन, लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिसा बाँस्तोला र हिरा नेपालीको परिवारलाई सहयोग गरिएको हो । तीनै जनाको परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । डिष्ट्रिक्ट गभर्नर मिलन थापा सहितको टोलीले मंगलबार मृतकका परिवारसँग भेटघाट गरेर सो रकम हस्तान्तरण गरेका हुन्… पुरा पढौ