कास्की

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश खेलकुदका… पुरा पढौ

पहिरो फाल्न आउनु भएको ज्वाईको पहिरोले ज्यान लियो, मृतककी आफन्त कोपिला भन्नु हुन्छः भगवानले बचाउनु भयो ( भिडियो )

दीननाथ बराल, पोखरा २८, असार, भनिन्छ कुनै आपतविपद बाजा बजायर आउदैन् तर पनि हामी मानव आवश्यक सचेत र सर्तक भने हुनु पर्ने अबस्था रहन्छ । प्राकृतिक रुपमा देखिएको सानो संकेतलाई ख्याल नगर्दा बिहिबार बेलुका आएको पहिरोमा परी पोखरा १९ का एकै घरका ज्वाई सहित ६ जनाको ज्यान गएको छ । एक दिन अघि मात्र घर भन्दा करिब ३० मिटर माथि पहिरो खसेर पहिरो फाल्न भनेर पोखरा आएको सन्र्दभमा सशुराली आउनु भएको स्थानिय कुल बहादुर परियारका ज्वाई अस्मित परियार बिहिबारको पहिरोले… पुरा पढौ

राष्ट्रपति पौडेल तानिए विवादमा, सरकार गठन धारा ७६ (२) बाटै गर्न आव्हान

काठमाडौं, २८ असार नेपालको संविधानले राष्ट्रपति पदलाई आलंकारिक पद मानेको छ । र राष्ट्रपति संविधानको संरक्षक पनि मानिन्छन् । राष्ट्रपतिले संविधानको रक्षा र पालना गर्ने हो उलंघन गर्ने होइन । तर संविधानले दिएको अधिकारलाई पटक पटक मिच्ने काम राष्ट्रपतिहरुले गर्दै आएका छन् । यस भन्दा अगाडिका राष्ट्रपतिहरुले संविधानलाई आफू अनुकुल उपयोग गर्दै आएकामा यस पटक पनि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई त्यसै गरेका छन् । संविधानको धारा ७६ २ अन्तरगत बनेको बहुमत प्राप्त सरकारले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ… पुरा पढौ

नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को ७२ शैयाँको सघन उपचार कक्ष मणिपालमा सुरु

दीननाथ बराल,पोखरा २८, असार, नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को ७२ शैयाँको सघन उपचार कक्ष पोखरा ११ मा रहेको मणिपाल शिक्षण अस्पतालले सुरु गरेको छ । अस्पतालले आफ्नो उपचार क्षेत्रमा नविनतम प्रविधिहरुलाई अङ्गिकार गर्दै आएको सन्र्दभमा हाल उक्त सेवा संचालन गरेको अस्पतालका संचालक मध्यका एक नारायण पौडेलले जनाउनु भयो । स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा दिने उद्धेश्यले आफुहरुले नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को ७२ शैयाँको सघन उपचार कक्ष निर्माण गरेकोले यसबाट पोखरा सहित गण्डकी प्रदेशबासीका जनताहरु… पुरा पढौ

पदयात्रा पथ प्रदर्शकलाई टान गण्डकीको एक दिने पुर्नताजगी तालिम

पोखरा, असार २८, ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पथ प्रदर्शकहरुलाई एक दिने पुर्नताजगी तालिम दिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (सस्टेनेवल टुरिजम फर लाईभलीहुड रिकभरी प्रोजेक्ट (एसटिएलआरपी)सँग मिलेर टान गण्डकीले शुक्रबार एक दिने पुर्नताजगी तालिम दिएको हो । २० जना महिलासहित कुल ८० जना सहभागी तालिममा पथ प्रदर्शक सम्बन्धित विषयमा प्राध्यापन गर्ने दीपक बास्तोला र दीपेन्द्र पहारीले सहजीकरण गरेका थिए । पथ प्रदर्शक भएर… पुरा पढौ

पहिरोमा पुरियर पोखरामा एकै घरका ६ सहित ११ जनाको मृत्यु (भिडियो सहित)

दीननाथ बराल, पोखरा २८, असार, पहिरोमा पुरियर पोखरामा एकै घरका ६ सहित ११ जनाको मृत्यु भएको छ । केही दिन देखि परेको अविरल बर्षाका कारण बिहिबार राती र शुक्रबार बिहान गरी पोखराका ३ ठाँउमा पहिरोले घर पुरिदा (एकै घरका ज्वाई छोरी ) ६ जना सहित ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा १९ पुरुन्चौरमा एकै घरका ६ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह््रबिसेमा ३ जना, पोखराको शिशुवामा एक जनाको गरी ११ जनाको पहिरोमा परी मृत्यु… पुरा पढौ

नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन

मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन असार २९ गते हुने भएको छ । १६ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक पनि क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन लेकसाइड स्थित होटेल बाराहीमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगाएत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन ई–सेवा तथा अडिसनमै वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ ।… पुरा पढौ

पोखराका ३ ठाँउमा पहिरोले पुरिदा ८ जनाको ज्यान गयो, २ वेपक्ता (नाम सहित)

दीननाथ बराल,पोखरा २८, असार, अविरल बर्षाका कारण गएराति पोखराका ३ ठाँउमा पहिरोले घर परिदा ८ जनाको मृत्यु भएको छ भने २ जना वेपक्ता हुनु भएको छ । पोखरामा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जना पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।पोखरा १९ पुरुन्चौरमा एकै घरका ७ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह््रबिसेमा एक जनाको पहिरोले पुरिएर मृत्यु भएको स्थानियले बताउनु भयो । त्यसै गरी पोखराको शिशुवा र पोखरा ३२ चैतपुर बाह््रबिसेमा एक एक जना… पुरा पढौ

कास्कीमा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जना पहिरोमा परी मृत्यु

दीननाथ बराल,पोखरा २८, असार, अविरल बर्षाका कारण कास्कीमा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जना पहिरोमा परी मृत्यु भएको छ । पोखरा १९ पुरुन्चौरका तल्लोकोटका तुल बहादुर परिवार उहाँका छोरी ज्वाई अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो । उहाँका अनुसार कास्कीमा ३ ठाँउमा गएराति पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने २ जना वेपक्ता हुनु भएको छ । उक्त घटनाको थप जानकारी केही समय पश्चात हुने प्रहरीले पोखराक्लिकलाई… पुरा पढौ

पोखराको सेतीनदी किनारका स्थानिय अविरल बर्षामा सधै त्रसित (फोटो÷भिडियो)

दीननाथ बराल, पोखरा २७, असार, पोखराको मध्य भाग हुदै बग्ने गरेको सेती नदी किनारमा रहेका स्थानिय बासिहरु ठुलो बर्षा हुदाँ तथा अविरल बर्षा हुँदा सधै त्रसित हुने गर्नु भएको छ । पोखराको सेतीनदी किनारका बासिन्दा अविरल बर्षामा सधै त्रसित हुनु परेको स्थानियले बताउनु भयो । केही दिन देखि पोखरा क्षेत्रमा पनि परेको अविरल बर्षाले गर्दा पोखरा क्षेत्रका केही बस्ती नै पहिरेले बगाउन थालेको छ भने केही पहिरोको उच्च जोखिममा रहेको छ । पोखराको भूवनोट नै कमजोर भएको हुँदा यहाँ ठुलो… पुरा पढौ