कास्की

समानुपातिक निर्वाचन प्रणाली अस्थिर राजनीतिको प्रमुख कारण होः नेता केसी

दीननाथ बराल, पोखरा २५, असार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीले देशमा अस्थिरताको प्रमुख कारणहरु मध्य समानुपातिक निर्वाचन प्रणाली पहिलो भएको बताउनु भएको छ । नेपाल प्रेस यूनिय कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले नेपालको अस्थिर राजनीतिकको प्रमुख कारण समानुपातिक निर्वाचन प्रणाली भएकोले त्यसको खारेजी हुनु पर्ने माग समेत गर्नु भयो । पूर्वमन्त्री समेत रहनु भएको केन्द्रिय सदस्य केसीले भन्नुभयो “समानुपातिक निर्वाचन प्रणाली अस्थितरताको कारण मात्र होइन, पार्टी भित्रका नेता र नेतृत्वमा घेरिनु वाहेक कुनै… पुरा पढौ

बिन्ध्यवासिनी सहकारी ठगी आरोपमा थप दुई जना पक्राउ

पोखराको बिन्ध्यवासिनी सहकारीको ठगी आरोपमा थप दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोड स्थित संचालनमा रहेको विन्ध्यवासिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा पोखरा १७ बिरौटाका ४६ बर्षीय किरण कपाली र संस्थाका पूर्व लेखा समिति संयोजक विरौटाकै ४५ बर्षका बुद्दी सागर ढकाललाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी… पुरा पढौ

जिसस कास्कीद्वारा स्थानिय पूर्बाधार बिकास आयोजनाका योजना अनुगमन

असार २५, पोखरा, जिल्ला समन्वय समिति कास्कीले मंगलबार स्थानिय पूर्बाधार बिकास आयोजना पोखरा मातहत संचालित दुई बिकास आयोजना अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले उक्त कार्यालय मातहतमा निर्मित पोखरा महानगर वडा न१७र २१ जोड्ने फुर्से खोला दम्सादी स्थित फाकलतरा दम्सादी झोलुङ्गेपूल मर्मत आयोजना र पोखरा महानगर वडा न २३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको अनुगमन गरेको बताइएको छ। कुल लागत रू ६१,७९,१९ भएर ३५ लाख ५८ हजार ३… पुरा पढौ

सृजना विकास केन्द्रको संस्थागत सवलीकरण कार्यक्रम सम्पन्न

पोखरा, असार २४ सृजना विकास केन्द्रले संस्थामा आवद्ध आजीवन तथा साधारण सदस्यको लागि एक दिवसीय संस्थागत सवलीकरण कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएकोे छ । उक्त अवसरमा सृजना विकास केन्द्रका अध्यक्ष विष्णप्रसाद बरालले संस्थाको स्थापना कालदेखि हालसम्म भए गरेका गतिविधिहरुको संक्षिप्त जानकारी गराउँदै संस्थाले भविष्यमा लिनु पर्ने रणनीतिको बारेमा प्रस्तुती राख्नु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार सभाका सभापति डम्वरबहादुर केसीले संस्थाको विधान, आर्थिक प्रशासन नियमावली, कर्मचारी नियमावली, संस्थाका विद्यमान कार्यविधिको बारेमा प्रस्तुती राख्नुहुँदै संस्थाले आफ्नो गतिविधिलाई पारदर्शि एवं… पुरा पढौ

७७ करोडको लागतमा कालिकास्थान–पुँडीटार–लामेआहाल सडक निर्माण हुने

विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे ९जनजागृती मा वि० तगारेगौडा–तल्लो गगनगौडाँ सडक अन्तरगत कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलान्यास गरिएको छ । सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विकास साझेदार विश्व बैंकका एनइयुजिआइपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले सयुँक्त रूपमा शिलान्यास गर्नुभएको हो । सडकको शिलान्यास गर्दै नगरप्रमुख आचार्यले स्थानीय अवरोधका कारण बाटो नबन्ने अवस्थाको सृजना हुन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो । “बाटो स्थानीय उपभोक्ताका लागि त हो नै, यो… पुरा पढौ

मदनचन्द्रा साहित्य समाजसेवा पुरस्कार माकाजूलाई

२५ असार, पोखरा, शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गरिने भएको छ । माकाजूका विविध विधाका छ दर्जन बढी कृति प्रकाशित छन् ।२५ हजार राशिसहितको उक्त पुरस्कारबाट यस अगाडि गायिका बाबा राणा सम्मानित भइसकेकी छन् । प्रतिष्ठानले नेपाली साहित्य, सामाजिक तथा सांस्कृतिक संस्कार र सभ्यताको संरक्षणमा क्रियाशील रहेर पनि ओझेलमा परेका स्रष्टा साधकलाई पुरस्कार अर्पण गर्दै आएको छ । समाजसेवी मदनबहादुर खत्री क्षत्रीले धर्मपत्नी चन्दा खत्री क्षत्रीको स्मृतिमा स्थापित एकलाख… पुरा पढौ

कास्कीमा अबैध रुपमा निगालाको टुसा चोरी गर्ने व्यक्ति सहित चालक पक्राउ

दीननाथ बराल,पोखरा २५, असार, कास्कीमा अबैध रुपमा निगालाको टुसा चोरी गर्ने व्यक्ति सहित चालक पक्राउ पर्नु भएको छ । कास्कीको माछापूच्छ्रे« गाउँपालिका वडा नं. ४ लम्सालथर स्थित ग ३ च ४५४० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा करिब १४८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेलापारेको हुँदा टुसा ल्याउने रामजी भण्डारी, चालक खिम बहादुर पुन सहित उक्त टुसा प्रहरीले नियन्त्रणमा लिएको हो । माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने ३७ बर्षका चालक पुन र टुसा… पुरा पढौ

नागरिक उन्मुक्ति पार्टीको बरिष्ठ उपाध्यक्षमा पोखराका बाँस्तोला

पोखरा, २५ असार, नागरिक उन्मुक्ति पार्टीको बरिष्ठ उपाध्यक्षमा पोखराका शिव कुमार बाँस्तोला चयन हुनुभएको छ । पोखराका युवा व्यवसायी तथा विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय संघसंस्थामा नेतृत्व लिएर काम गरिसक्नु भएका बाँस्तोलालाई सोमवार अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो । चयन हुनुभएका बाँस्तोला बाँस्तोला कुल सेवा समिति नेपालको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । बरिष्ठ उपाध्यक्ष बाँस्तोला पोखरा पर्यटन, संचार, अटोमोवाइल्स् र रियलस्टेटका सफल व्यवसायी समेत हुनुहुन्छ । पुरा पढौ

इनरह्लि क्लब अफ न्युरोड पोखराको पदस्थापना कार्यक्रम सम्पन्न

पोखरा, असार २५, इनरह्लि क्लब अफ न्युरोड पोखराको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । क्लबका २३÷२४ का अध्यक्ष मिना ढकाल शर्माले नवनिर्वाचित अध्यक्ष गिता केसीलाई सो पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुदै डिष्ट्रिक चियरमेन आशाकुमारी श्रेष्ठले महिलाहरुले समाज परिवर्तनको लागि अग्रसर भएर लागेको उल्लेख गर्नुहुदै मानवीय सहयोग नै क्लबको मुलमन्त्र रहेको बताउनुभयो । उहाँले यो बर्ष सशक्तिकरण र उज्यालोमा रहेर काम गर्ने बताउनुहुदै सदस्यहरुलाई इनरह्लिको प्रतिष्ठा र फेलोसिप बढाउँदै नयाँ जोशका साथ समाज सेवामा प्रेरित गर्ने बताउनुभयो । विश्वव्यापी… पुरा पढौ

एम्नेष्टी नेपाल अन्नपूर्ण समूह ५४ को २३ औं वार्षिक साधारण सभा सम्पन्न

अन्तराष्ट्रिय मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कार्यक्रमको एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक कोमलनाथ कुवरले उद्घाटन गर्दै मानवअधिकारको वकालत गर्ने गरी एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको बताउदै एम्नेष्टी अभियानलाइ व्यापक बनाइ मानवअधिकार संरक्षण नयाँ उचाईमा पुराउनु पर्ने बताउनुभयो । एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक नविनराज बरालले मानव अधिकारका क्षेत्रमा प्रभावकारि भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक अनन्त कोइराला , एम्नेष्टी… पुरा पढौ