
दीननाथ बराल,
पोखरा ३, साउन,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अझै पनि भन सुन र पहुचका आधारमा बजेट बन्ने बताउनु भएको छ । गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगले बिहिबार पोखरामा आयोजना गरेको आयोजना अबधारणा पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उहाँले अझै पनि स्थानिय तह, प्रदेश र संघिय सरकारका आयोजनाहरु मध्य ५० प्रतिशत जसो पहुचका आधारमा योजनाहरु छनौट हुने गरेको दाबी गर्नु भएको हो ।

प्रोजेक्ट बैंकबाट योजनाहरु छनौट गरी बजेट निर्माणमा त्यसलाई प्रथामिकता दिन खोज्दा देशमा हुने अस्थिर राजनीतिक कारणले गर्दा पनि आफुले चाहेर पनि प्रोजेक्ट बैंकका योजनालाई प्रथामिकता दिन नसकेको उहाँको भनाई थियो । बजेट बनाउने अन्तिम संघारमा आएर आफ्नो सरकार टिकाउन विभिन्न सांसदहरुसंग सहकार्य र समन्वय गर्दा प्रोजेक्ट योजना बैंकको कुरा रहेका गौरवका योजनाहरु छायामा पर्ने गरेको मुख्यमन्त्री पाण्डेले गुनासो गर्नु भयो ।

संघिय सरकारले पहिला ५ करोडसम्मका योजनामा काम गर्ने भनिएकोमा हाल ५ लाखसम्म बजेट विनियोजन गर्न थालेको उल्लेख गर्दै उहाँले प्रदेशको पनि प्रोजेक्ट बैंक मार्फत ३ करोडका योजनाहरुलाई प्रथामिकता दिन खोज्दा जनताको माग र आवश्यकताको आधारमा १ करोडसम्मलाई प्रथामिकता दिनुपर्ने अबस्था आएको मुख्यमन्त्री पाण्डेको भनाई थियो । पालिकाहरुको हकमा भने पहिला एक करोडको सिलिङ दिए पनि हाल ५० लाखसम्मको सिलिङ दिनुपर्ने अबस्था आएकोले यसको बहस सुरु भएको उहाँले जनाउनु भयो ।
संसाद र मन्त्री हुदाँ उहाँँहरुको सोचाईमा फरक हुने गरेको उहाँको भनाई थियो । अधिकांश भनसुन र पहुचका योजनाहरु मध्य केही योजनाहरु भने आफ्नो र आफन्तको घरसम्म जाने बाटेको योजनाको माग हुने गरेको मुख्यमन्त्री पाण्डेले जनाउनु भयो । पहिला पालिका, वडा, टोल हुदै घरसम्म जाने बाटोको योजनाहरुको माग हुनु पर्नेमा हाल उल्टो ढंगबाट योजनाहरुको माग हुने गरेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।
योजना तथा पूर्वाधार बिज्ञ मनिरामसिंह महतले अब नेपालले अनुदान नभई लगानी भित्राउने गरी आशा र भरोसा हुने योजनाहरु ल्याउनु पर्नेमा जोड दिनु भयो ।
आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले कुनै पनि देश वा प्रदेशको दिगा विकासको लागि प्रोजेक्ट योजना बैंक आवश्यक भएको बताउनु भयो । सरकारले त्यसलाई प्रथामिकता दिदै अघि बढेको खण्डमा देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने उहाँको भनाई छ ।