अर्थतन्त्र

‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख

पोखरा, २२ माघ, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि भट्टले सम्पूर्ण प्रदेशबासीलाई शुभकामना व्यक्त गर्दै गण्डकी सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्न सबै एक भएर उद्देश्यप्राप्तिमा लाग्न जरुरी रहेको उल्लेख गर्नुभयो । ‘नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नै कार्यक्षेत्र र अधिकार तोकेको छ ।’ उहाँले भन्नुभयो– ‘जनताको अधिकारलाई जनताकै घरदैलोमा पु¥याउनु र… पुरा पढौ

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

पोखरा, माघ २२, पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनी सुरु भएको छ । तीनदिनसम्म संचालन गरिने यो कार्यक्रममा विभिन्न परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार विहीबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रोदिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट ः प्रतिभा मावि सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो भोलि लाग्ने

पोखरा, माघ २२, आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो । यसअघि बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनलमा पुग्न अब एक टिम मात्रै बाँकी छ । जसमा गुरुकुल मावि र मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा छन् । जसको छिनोफानो शुक्रबार हुने यी दुई विद्यालय बीचको प्रतिष्पर्धाबाट हुनेछ । दुबै विद्यालयले एक÷एक खेल जितेकाले शुक्रबारको… पुरा पढौ

आहा रारा गोल्ड कपको रजत वर्षमा भोलि (शुक्रबार) पोखरामा फोटो प्रदर्शनी हुने

पोखरा, सहारा क्लब पोखराले हरेक वर्ष आयोजना गर्ने आहारारा गोल्ड कपको २५ औं अर्थात रजत वर्षको अवसरमा फोटो प्रदर्शन हुने भएको छ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा शुक्रबार ‘फोटोमा फुटबल, फ्रेममा इतिहास’ फोटो प्रदर्शनी हुने भएको हो । पोखरा महेन्द्रपुलस्थित फल्चामा हुने प्रदर्शनीमा प्रतियोगिताका दौरान खिचिएका अविस्मरणीय क्षणहरू समेटिएको फोटो प्रदर्शन गरिने एनपिजेए कास्की अध्यक्ष राम गुरुङले जानकारी दिए । प्रदर्शनीमार्फत प्रतियोगगिताको २५ वर्षे इतिहास, संघर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत जनसमक्ष प्रस्तुत… पुरा पढौ

विष्णु र रामजीलाई सम्मान–पुरस्कार अर्पण (भिडियो सहित)

पोखरा, २२ माघ, प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान र पुरस्कार अर्पण गरेको छ । बिहीबार आयोजित समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले सम्मान–पत्र र दोसल्लासहित दुवैलाई सम्मान गरे । लम्साललाई सम्मान–पत्रसहित २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरियो । https://www.youtube.com/watch?v=eQdb_wxZwj4 सम्मानपछि बोल्दै सापकोटाले संगठनले दुई दशक लामो… पुरा पढौ

फागुन २ मा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहितका अन्य इभेण्टमा १७ देशका धावक सहभागि हुने

दीननाथ बराल, पोखरा, २१ माघ, पर्यटनको राजधानि पोखरामा आउदो फागुन २ गते (शनिबार) आयोजना हुने २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता सहितका अन्य विभिन्न विधामा १७ देशका धावकहरु सहभागि हुने भएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने उक्त प्रतियोगितामा हालसम्म नेपाल सहित १७ देशका महिला तथा पुरुष धावकहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले पोखराक्लिकलाई बताउनु भयो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउदै उहाँले यही माघ २४ गतेसम्म म्यारथन सहितका विभिन्न विधामा… पुरा पढौ

बंगलादेश र भारत साफ महिला यु–१९ च्याम्पियनसिप प्रतियोगिताको फाइनलमा

दीननाथ बराल,पोखरा, २१ माघ, बंगलादेश र भारत साफ महिला यु–१९ च्याम्पियनसिप फुटवल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालाको फुटवल मैदानमा आज(बुधबार) भएको खेलमा बंगलादेश र भारतले जित हासिल गर्दै शनिबार उपाधिको लागि प्रतिष्प्रर्धा गर्ने भएको अखिल नेपाल फुटवल संघले पोखराक्लिकलाई जनाएको छ । राउण्ड रोविनका आधारमा बंगलादेश शिर्ष स्थानमा हुदै लगातार ३ खेलमा जित हासिल गर्दै ९ अंक सहित फाइनलमा यात्रा तय गर्दा भारतले ३ खेल मध्य २ खेलमा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ शिर्ष… पुरा पढौ

उम्मेदवारलाई मतदाताको आग्रहः देशमै बस्ने वातावरण बनाइदिनुस्

पोखरा, माघ २१, बेरोजगारी, भ्रष्टाचार र अराजकताका कारण गाउँ, सहर युवाविहीन हुँदै गएको भन्दै मतदाताले चिन्ता व्यक्त गरेका छन् । पोखरा–२२, पुम्दीभुम्दीमा मत माग्न पुगेका नेकपा कास्की ३ का उम्मेदवारसँग स्थानीयले युवालाई देशमै बस्ने वातावरण बनाउने अबको नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिए । कास्की क्षेत्र नम्बर ३ का नेकपाका उम्मेदवार गोपाल गिरीसँग उनीहरुले पुराना दलहरुको मनोमानी र जोरजबर्जस्तीले जेनजी आन्दोलन भएको जनाउँदै अबको यात्राको नेतृत्व गर्नसक्नेलाई छान्ने बताएका थिए । उम्मेदवार गिरीले देशमा बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै भने,… पुरा पढौ

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफल पोखरामा बरामद, दुई युवक पक्राउ

पोखरा, २१ माघ जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको एक थान इन्सास राइफल पोखरामा लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं। २ भिमसेन टोलबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मंगलबार दिउँसो करिब ३ ः५५ बजे महोत्तरी स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं। ९ नयाँबजार बस्ने १८ वर्षीय रवि चौधरी र भारत घर भई… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट ः छोरेपाटन मावि पनि सेमीफाइनलमा

पोखरा, माघ २१, पोखराको छोरेपाटन मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटन माविले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह ‘सी’बाट सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो । यसअघि समूह ‘डी’बाट बाल मन्दिर मावि सेमीफाइनलमा पुगिसकेको छ । बुधबार भएको खेलमा छोरेपाटन माविले टप्स माविलाई ३४ रनले पराजित गर्यो । टस जितेर टप्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको… पुरा पढौ