अर्थतन्त्र

विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा निस्शुल्क ठूलो स्क्रिनमा लाइभ देखाइने

पोखरा, आइसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपालका खेलहरु पोखरा लेकसाइडमा ठूलो स्क्रिनमा लाइभ देखाइने भएको छ । प्रचार नेपालको व्यवस्थापनमा एक्ट्रिम इनर्जी ड्रिक्सले पोखरा लेकसाइड हल्लनचोकस्थित क्याम्पिङ ग्राउण्डमा नेपालका खेल लाइभ देखाउन लागेको हो । जसलाई पोखरा इन्टरनेटले सहयोग गरेको छ । ठूलो साउण्डसहित ठूलो स्क्रिनमा लाइभ देखाउन लागिएको आयोजकले जनाएको छ । समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेल आगामी आइतबार इंग्ल्याण्डसँग खेल्नेछ । दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो खेल फेब्रुअरी १५ मा वेष्ट इन्डिज र चौथो खेल… पुरा पढौ

नेपाली काँग्रेसको पोखरा–२७ मा सम्पर्क कार्यालय स्थापना

पोखरा, नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना मतदातासँगको सुझाव संकलनलाई तीव्र बनाएको छ । शनिवार कास्की क्षेत्र नं. १ को पोखरा महानगर पालिका वडा नं. २७ को आवसनगरमा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ । सम्पर्क कार्यालयको क्षेत्र नं. १ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले देश र जनतासँग डराउने पार्टी भनेकै नेपाली काँग्रेस भएको बताउँदै सधैँ जनताको… पुरा पढौ

कास्की–१ मा गनेस पौडेलको संवाद यात्रा तीव्र ः टोल–टोलमा उत्साहित जनता, परिवर्तनको अपेक्षा

२४ माघ, पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको ‘स्थानियसँग संवाद यात्रा’ चुनावी अभियानको केन्द्रमा देखिएको छ । कास्की क्षेत्र नम्बर १ पोखरा महानगरपालिका अन्र्तगत वडा नम्बर १३ का टोल–टोल पुगेर जनताको मन बुझ्ने, सुझाव संकलन गर्ने र मत माग्ने क्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ। शनिबार बिहान ८ बजे पोखरा–१३ पाटन बेसीमा सम्पर्क कार्यालय उद्घाटन तथा संवाद यात्रा कार्यक्रमबाट अभियान सुरु गरिएको थियो । बिहान १० बजे कञ्चन टोल, दिउँसो १२… पुरा पढौ

हिल प्वाईन्ट विद्यालयमा अभिभावक संघ गठन

पोखरा, पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाईन्ट माध्यमिक विद्यालयमा अभिभावक संघ गठन भएको छ ।रेनु गुरुङ थापाको अध्यक्षतामा गठन भएको अभिभावक संघको सदस्यहरुमा शेषकान्त सापकोटा,मनोहरि पौडेल,भोज वहादुर कार्की,अप्सरा गुरुङ,प्रकाश वास्तोला र पुस्कर थापा मगर रहेका छन् । कार्यक्रममा वोल्दै हिल प्वाईन्ट माध्यमिक विद्यालयका प्राचार्य दिवाकर जैसीले विद्यालयले विगत केहि वर्ष देखि उत्कृष्ट नतिजा निकाली रहेको वताउदै विद्यालयले व्यवहारीक शिक्षामा जोड दिएको वताए । प्राचार्य जैसीले विद्यालयले पढाई सगसगै विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी गराउदै आएको वताए । पोखरा… पुरा पढौ

नोबेल सेकेन्डरी स्कुलको २० औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण सम्पन्न

वसन्त बराल, पोखरा महानगरपालिका–११ मा रहेको नोबेल सेकेन्डरी स्कुलले २०औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्मचारीले गुणस्तरीय तथा आत्मनिर्भर शिक्षा आजको समयको प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँले विद्यालय शिक्षासँगै सीपमूलक तथा अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिँदै यस दिशामा अझ प्रभावकारी कार्यक्रम अघि बढाउन विद्यालयलाई सुझाव दिनुभयो । विद्यालयका प्राचार्य रत्नमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याव्सन कास्कीका अध्यक्ष सडानन्द गौतम, सह–प्राचार्य द्धय लिलबहादुर… पुरा पढौ

मदरल्याण्डमा सांस्कृतिक पर्व भजन देखि योगासम्म, कलादेखि गलासम्म

पोखरा, माघ २४, पोखरा–७, मासवारस्थित मदरल्यान्ड माविमा तीनदिनसम्म सांस्कृतिक कार्यक्रम संचालन भयो । सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीको नाचगान मात्र विद्यालयमा आयोजना गरिएन की विद्यार्थीले चित्रकलामार्फत क्षमता देखाउने अवसर पनि त्यही कार्यक्रमलाई बनाए । त्यत्ति मात्र नभई भजनदेखि योगासम्मका प्रदर्शनी विद्यालयमा आयोजना गरियो । गाउने र नाच्ने कार्यक्रम त नियमित नै थिए । कलादेखि गलासम्म र भजनदेखि योगासम्मका कार्यक्रमले धेरैको ध्यान तान्न सफल भयो । विद्यालयले विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता प्रस्तुत गराउनका लागि हरेक वर्ष तीनदिने सांस्कृतिक कार्यक्रम गर्दै आएको छ… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड भिड्ने

पोखरा, माघ २४, प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर मावि र मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको उपाधि भिडन्त आईतबार पूर्वाह्न १० बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई… पुरा पढौ

कास्की १ एमाले सहितका दलबाट नेकपा प्रवेश गर्नेको लर्को, शनिबार ५३ जना नेकपा प्रवेश (भिडियो सहित)

पोखरा, माघ २४, कास्की क्षेत्र नम्बर १ मा एमाले सहितका दल छाडेर नेकपा प्रवेश गर्नेको लर्को नै लागेको छ । जेनजीको माग पूरा गर्ने जनताको भरोसाको रुपमा रहेको पार्टी नेकपा भएकोले उक्त पार्टीमा प्रबेश गरेको उहाँहरुले बताउनु भयो । उक्त अभियान अन्तर्गत शनिबार काहुँखोलामा आयोजित सम्पर्क कार्यालय स्थापना कार्यक्रममा ५३ जना एमाले सहितका अन्य दलका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको सो क्षेत्रकी चुनावी कमाण्डर तथा समानुपातिक उम्मेदवार सोमती गुरुङले जानकारी दिईन् । https://www.youtube.com/watch?v=9kEhrVy1D4A कार्यक्रममा रणबहादुर विश्वकर्मा सहितका ५३ जना… पुरा पढौ

बद्लिएर आएको कांग्रेसले अब भ्रष्टाचार न्यूनिकरण गर्दै देश सम्हाल्ने जिम्मेवारी लिन सक्छः सभापति थापा

दीननाथ बराल, पोखरा २३, माघ, नेपाली कांग्रेसका सभापति गगन थापाले बद्लिएर आएको कांग्रेसले अब भ्रष्टाचार न्यूनिकरण गर्दै देश सम्हाल्ने जिम्मेवारी लिन सक्ने दाबी गर्नु भएको छ । नेपाली कागेंस गण्डकी प्रदेशको बैठकमा शुक्रबार पोखरामा सम्बोधन गर्दै उहाँले हाल समाजमा नागरिकको व्यापक आक्रोश, राज्यका संस्थाप्रति चरम अविश्वास र सामाजिक कोलाहाल देखिएको उल्लेख गर्दै त्यसलाई सम्हाल्ने ऐतिहासिक जिम्मेवारी अब कांग्रेसको काँधमा आएको उहाँदले बताउनु भयो । भ्रष्टाचारलाई देशको सबैभन्दा ठूलो शत्रुको संज्ञा दिँदै उहाँले व्यक्तिमा होइन, प्रणाली र संस्थागत सुधारमा कांग्रेसको विश्वास… पुरा पढौ

साफ महिला यु–१९ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपाधिको शनिबार फाइनल खेलमा बंगलादेश र भारत भिड्ने

दीननाथ बराल, पोखरा, २३ माघ साविक विजेता बंगलादेश र भारत पोखरामा जारी साफ महिला यु–१९ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपाधिको लागि फाइनल खेलमा शनिबार (भोलि) प्रतिष्प्रर्धा गर्ने भएका छन् । पोखरा रंगशालाको फुटवल मैदानमा दिउसो २ः०० बजे फाइनल खेल हुने भएको साफका महासचिव पुरुषोत्तम कट्टेलले बताउनु भयो । राउण्ड रोविनका आधारमा भएको खेलमा बंगलादेश र भारतले शिर्ष पहिलो र दोश्रो स्थानमा रहदै फाइनलमा यात्रा तय गरेका हुन् । बंगलादेश शिर्ष स्थानमा हुदै लगातार ३ खेलमा जित हासिल गर्दै ९ अंक सहित… पुरा पढौ