अर्थतन्त्र

कास्कीमा नेकपाका उम्मेदवारहरु ः मतदाताको सुझाव सुन्दै, मत माग्दै

पोखरा, २० माघ, कसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । केही मतदाता देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था आएको गुनासो गर्छन् । सर्वसाधारणका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरु चुनावी मैदानमा छन् । नेता, कार्यकर्ता चुनावका बेलामात्र गाउँघरमा देखिने गरेको पनि स्थानीयको गुनासो छ । मंगलबार मादीको मुंग्री बेंसीबाट गोर्जे, रवेडाँडा हुँदै गहतेको घरदैलोमा नेकपा कास्की १ का उम्मेदवार राजकाजी गुरुङ (करण) सहभागी बने । उनले संघमा साविक माओवादी केन्द्र नेतृत्वको सरकार… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा सामाजिक अभियान्ता सरिता गुरुङको १५ हजार सहयोग

पोखरा, २० माघ, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा सक्रिय गुरुङले कोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।पोखरामा मंगलबार एक कार्यक्रमका बीच अभियान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरिन् । सहयोग हस्तान्तरण पछि अभियान्ता गुरुङले समाजका हरेक गतिविधिलाई तस्बिरको माध्यमबाट जनमानसमा पु¥याउने फोटो पत्रकारहरूको वृत्तिविकासका लागि सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको… पुरा पढौ

नेकपा कास्की उम्मेदवार भन्छन् ः जनताको उत्साहजनक साथ छ

पोखरा, २० माघ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कास्कीमा तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारले आफूहरुले जनतको उत्साहजनक साथ पाएको जनाएका छन् ।आ–आफ्नो क्षेत्रमा भेटभाट, घरदैलोमा व्यस्त उनीहरुले यस्तो बताएका हुन् । कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ(करण)ले जनताको भरोसा नेपाली कम्युनिष्ट पार्टी र आफूहरुमा रहेको पाएको बताए । उनले जनताले घरदैलो र टोलमा उत्साहजनक रुपमा स्वगत गर्दै अपेक्षा प्रकट गरिरहेको जानकारी दिए । ‘जनतामा हाम्रो पार्टी र हामीप्रति भरोसा छ । यो भरोसालाई कायम राख्दै उहाँरुको सुखदुःखमा सहभागी हुन्छौं’,… पुरा पढौ

नेपालको खेलकुद विकासमा नीतिगत सुधार अपरिहार्य ः पश्चिम पृतनामा एकदिने गोष्ठी

दीननाथ बराल,पोखरा, २० माघ, नेपालको खेलकुद विकासलाई थप व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीतिगत सुधार, पूर्वाधार विकास र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्ष सहित पश्चिम पृतना हेडक्वाटरमा एकदिने गोष्ठी सम्पन्न भएको छ । नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटरमा सोमबार आयोजित “नेपाली सेनाको खेलकुद विकासलाई स्तर अभिवृद्धि गर्न अपनाउनु पर्ने उपाय” विषयक गोष्ठीमा सहभागि खेल विज्ञ, खेलकुद संघ संस्थाका पदाधिकारी तथा सरोकारवालाहरुले खेलकुदमा अझ बढी राजनीति हुदा पनि नेपाली खेलकुदलाई अझ बढी प्रभावकारी बनाउन नसकिएको बताउनु भएको थियो ।… पुरा पढौ

बंगलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको फाइनल नजिक, नेपालको फाइनल प्रवेशको सम्भावना कायमै

दीननाथ बराल, पोखरा, १९ माघ भारतलाई पराजित गर्दै बंगलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । पोखरा रंगशालामा आज (सोमबार) सम्पन्न खेलमा बंगलादेशले भारतलाई २–० ले हराउँदै लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै बंगलादेशले २ खेलबाट ६ अंक जोड्दै फाइनल यात्रा लगभग पक्का जस्तै गरेको छ । यसअघि बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो। बंगलादेश प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । सोमबार नै भएको अर्को खेलमा घरेलु टोली… पुरा पढौ

उम्मेदवार रानाभाटसँग विद्यार्थीको भेटघाट

पोखरा, नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सभा सदस्य उम्मेदवार तिलक रानाभाटसँग विद्यार्थीहरूले भेटघाट तथा अन्तरक्रिया गरेका छन्। समसामयिक राजनीतिक विषय, युवा विद्यार्थीको आवश्यकता र विकास निर्माणका बारेमा उम्मेदवारसँग छलफल गरेका हुन् । विद्यार्थीहरूले रोजगारी, पर्यटकीय सम्भावना र अत्यावश्यक विषयवस्तुका बारेमा आफ्ना धारणा राखेका थिए। कार्यक्रममा बोल्दै उम्मेदवार तिलक रानाभाटले विद्यार्थीबाट प्राप्त सुझाव अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे। उनले युवा विद्यार्थीको काँधमा देशको भविष्य रहेको बताए । देश र जनताको आवश्यकता नै आफ्ना योजना हुने उनको… पुरा पढौ

कास्की–१ का रास्वपा उम्मेदवार गनेस पौडेलको “स्थानिय संवाद यात्रा” जारी

पोखरा, १९ माघ, प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानिय नागरिकसँग प्रत्यक्ष भेटघाट र सुझाव संकलनलाई तीव्रता दिएका छन्। सोमबार उनले पोखरा महानगरपालिका वडा नम्बर १४ को इन्द्रमार्ग, वडा नम्बर २६ को भवानी टोल तथा वडा नम्बर ३० र ३१ अन्तर्गत मोहोरियाका स्थानियसँग संवाद गरेका छन । भेटघाटका क्रममा स्थानियले ठूला भाषणभन्दा काम चाहिएको बताए । युवाहरू विदेशिनु पर्ने बाध्यता घट्ने वातावरण बनोस् भन्ने अपेक्षा व्यक्त गरे ।… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेटमा मदरल्याण्ड र छोरेपाटन बिजयी

पोखरा, माघ १९, प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै बिजयी यात्रा शुरु गरेका हुन् । प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस जितेर कुमुदिनी होम्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो । छोरेपाटनका लागि प्रदीप थापाले ४० बलमा… पुरा पढौ

केही निष्क्रिय व्यक्ति अन्य पार्टीमा प्रवेश गर्दा नेकपालाई असर पर्दैन ः संयोजक हमाल

पोखरा, १९ माघ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही निष्क्रिय व्यक्ति अन्य राजनीतिक दलमा प्रवेश गर्दा पार्टीलाई कुनै असर नपर्ने नेकपा कास्कीका संयोजक खड्ग हमालले दाबी गरेका छन् । उनले लामो समयदेखि पार्टी गतिविधिमा निष्क्रिय रहेका केही व्यक्तिले अन्य दल रोज्नु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै त्यसलाई लिएर अनावश्यक भ्रम फैलाउनु आवश्यक नभएको जिकिर गरे । सामाजिक सञ्जालमार्फत अनावश्यक हल्ला फैलाइरहेको भन्दै संयोजक हमालले यसले नेकपाको संगठन, नीति र जनआधारमा कुनै प्रभाव नपर्ने स्पष्ट पारे । निर्वाचन नजिकिँदै गर्दा केही व्यक्तिले… पुरा पढौ

रुपाका स्थानीय भन्छन्, ‘लोकतन्त्र जोगाउन नेकपाले जित्नैपर्छ’

पोखरा, माघ १९, नेपाली कम्युनिष्ट पार्टीबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ ‘करण’ रुपा गाउँपालिकाका मतदाताको घरदैलोमा पुगेका छन् । सोमबार उनले रुपा ७ हंशपुरका स्थानीयसंग उनले भेटघाट गरेका हुन् । भेटघाटका क्रममा स्थानीयले राष्ट्रिय राजनीति र स्थानीय स्तरमा हुन नसकेको विकास निर्माणको बारे खुलेर बोलेका छन् । स्थानीय ७० वर्षीय बलराम सुवेदीले जेनजी आन्दोलन पछि दुई पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपालले राम्रो भूमिका खेल्दा लोकतन्त्र जोगिएको बताए । उनले तत्कालिन सत्तामा रहेका एमाले र कांग्रेसको भूमिकाका कारण… पुरा पढौ