अर्थतन्त्र

जिल्ला समन्वय समिति कास्कीद्वारा फिर्के पूलको अनुगमन

माघ २, पोखरा जिल्ला समन्वय समिति कास्कीको अनुगमन टोलिले पोखरा बागलुङ राजमार्ग अन्तर्गत फिर्के खोला माथी निर्माणाधिन पूलको काम २०८१ असार मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन टोलिले उक्त राजमार्ग अन्तर्गत पोखरा महानगर पालिका वडा न दुई,चार र पाँचको सिमानामा पर्ने सो पूलको निर्माण कार्य असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको हो । सो पूलको निर्माण कार्यमा अत्यन्तै ढिलाइ भएको र जसका कारण अत्याधिक दुर्घटना समेत… पुरा पढौ

शान्ति उदय मा. बि.को ६४ औं बार्षिकोत्सब

पोखरा ,माघ २ पोखरा महानगर पालिका वडा न ३३ भरत पोखरी वर पाण्डे थुम स्थित शान्ति उदय मा। बि।को ६४ औ बार्षिकोत्सब तथा ६५ औं अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ। कार्यक्रमको कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले उद्घाटन गर्नुभएको थियो। उद्घाटन गर्दै भट्टराईले सामुदायिक बिद्यालयहरूले आफ्नो गुणस्तरीय यता बढाउने कार्यक्रम बनाउनु पर्ने भन्दै त्यसको सम्पूर्ण अधिकार र दायित्व स्थानीय तहमा निहित रहेको बताउनुभयो। भट्टराईले शिक्षा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने भन्दै स्थानीय तह यसमा… पुरा पढौ

मिस तामाङका प्रतियोगीलाई साइबर सेक्युरिटी तालिम

पोखरा, ०२ माघ मिस तामाङ पोखराका सहभागीहरुलाई साइबर सेक्युरिटी सम्बन्धी तालिम प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्रवण कुमार बिकले सहभागीहरुलाई डिजिटल माध्यमको उपयोगिता र सजगता बारे प्रशिक्षण दिनुभएको हो । उहाँले साइबर अपराध के हो, कसरी हुन्छ र यसवारे बनेका विद्यमान कानुन के छन् भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थ पूर्ति गर्नेहरुको विगविगि केही बर्षयता ह्वात्तै बढेको जनाउदै युवापुस्ता अझ बढि सजग बन्नुपने बताउनुभयो… पुरा पढौ

टाइगर कप भलिबलमा पाहुना टोली श्रीलंका आर्मी र हेल्प नेपालको जित

पोखरा २, माघ टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०‘ अन्र्तगत महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल आर्मी तथा पुरुषतर्फ श्रीलंका आर्मी टिम र टिप टप हेल्प नेपालले जित हासिल गरेका छन््््। पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश भलिबल संघको महिला भलिबल टोली नेपाल पुलिस क्लब संग सोझो ३–० को सोझो सेटमा पराजित भएको छ । तीन जना… पुरा पढौ

टाइगर कप भलिबल प्रतियोगिता जारीः महिलातर्फ पहिलो खेलमा गण्डकीको हार

पोखरा २, माघ टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०‘ अन्र्तगत घरेलु टोली गण्डकी प्रदेश भलिबल संघको महिला टीम पहिलो खेलमै पराजित भएको छ । पोखरा रंगशालामा जारी दोश्रो दिनको पहिलो खेलमा गण्डकी नेपाल पुलिस क्लब संग ३–० को सोझो सेटमा पराजित भएको हो । तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो दुई सेट नेपाल पुलिस क्लबलाई २५–१० र २५–०९ ले सुम्पियो ।… पुरा पढौ

पोखरा १५ मा बृहत खेलकुद सुरु

पोखरा २, माघ पोखरा महानगरपालिका वडा न. १५ को वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव आज देखि सुरु भएको छ । यही माघ ४ गतेसम्म बन बिज्ञान अध्ययन संस्थानको खेल मैदानमा उक्त महोत्सव संचालन हुने भएको छ भने आज देखि विभिन्न खेलहरु विहानै देखि सुरु भएको वडाध्यक्ष तोरण बहादुर बानियाँले बताउनु भयो । टोल बिकास तथा क्लब फुटवलमा १४ टिम, विद्यालय स्तरिय फुटवलमा १० टिम, महिला भलिबलमा ९ टिम, पुरुश भलिबलमा १० टिम, पुरुष सडक दौडमा १६ टिम, रस्साकस्सीमा १२… पुरा पढौ

महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी

पोखरा, ०१ माघ ऐतिहासिक ढुँङ्गेसाँघु मेलाका अवसरमा महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी सम्पन्न भएको छ । पोखरा महानगरपालिका अन्तरगत आर्थिक विकास महाशाखाको आयोजनामा उक्त प्रदर्शनी गरिएको हो । सो अवसरमा घरमा उत्पादनमा भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, वनमा उत्पादन भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, माघी परिकार प्रदर्शनी प्रतियोगिता, जैविक विविधता सम्बन्धी कृषि गीत प्रतियोगिता समेत गरिएको महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा स्थानीय जातका लोपोन्मुख उत्पादनका विउबिजनहरु सहित १० थरी तरुल, गिठा,… पुरा पढौ

टाइगर कप भलिबल सुरु, उद्घाटन खेल नै स्थगित, खेलकुदमा बजेट बढाउने मुख्यमन्त्री पाण्डेको आश्वाशन

पोखरा १, पुष ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो दिन तनी खेलहरु भएका छन् भने उद्घाटन खेल भने खराब प्रकाशका कारण रोकिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ विभागिय टिम शसस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्ड क्लबले जित दर्ता गर्दा पुरुषतर्फ शसस्त्र प्रहरीको एपिएफ क्लब बिजयी सुरुवात गरेको हो । पहिलो दिन केही समय ढिला सुरु भएको गण्डकी प्रदेश भलिबल… पुरा पढौ

पर्यटकलाई बास बस्ने सुविधासहित नवनिर्मित बीरेठाँटीको उद्घाटन

पोखरा १, माघ नवनिर्मित बीरेठाँटी समुदघाटन गरिएको छ । म्हिगी कोने गुठी अन्नपूर्ण गाँउपालिका वडा नं.८ बीरेठाँटीको आयोजनामा भएको कार्यक्रममा नवनिर्मित ठाँटी उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिँदै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले ऐतिहासिक महत्व बोकेको बीरेठाँटीमा निर्मित भवनको उदघाटन गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । “बीरेठाँटी ऐतिहासिक महत्व बोकेको ठाउँ हो । पदमार्ग हुँदै मुक्तिनाथ सम्म पुग्ने पर्यटकको बासस्थानका लागि यो थलो महत्वपूर्ण छ । ठाँटीको स्थापनाले पर्यटकको बसोबासमा अझ सहजता मिल्नेछ ।”, उनले… पुरा पढौ

पोखरा महोत्सवमा सोमबार एकै दिनमा ३५ हजार दर्शक

पोखरा १, माघ अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक लगाइ तस्विर खिचाउनेको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको पाँचौ दिन सोमबारमात्रै ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन भने महोत्सवमा १ करोड १५ लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए । महोत्सवमा सोमबार देखि विद्यालय… पुरा पढौ