पोखराको सडकमा आश्रित २५ जनाको उद्दार, २ बर्ष बाववालिका देखि ज्येष्ठ नागरिकको उद्धार

-


     पोखरा क्लिक     
     चैत्र १ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

सडक आश्रित २५ जना व्यक्तिहरुलाई पोखरामा उद्दार गरिएको छ । २ बर्षीय वालबालिका देखि ज्येष्ठ नागरिकसम्मका व्यक्तिहरुलाई विहिबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराको पृथ्बीचोक तथा लेकसाइड क्षेत्रमा सडक क्षेत्रमा माग्दै हिड्ने तथा विभिन्न ढंगले सडकमा आश्रित १६ जना पुरुष र ९ जना महिलाको विहिबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक तिलक मानन्धरले बताउनु भयो ।

उद्धार गरिएका मध्य मानव सेवा आश्रम हेम्जा शाखामा ९ जना पुरुष र छोरेपाटन शाखामा ४ जना महिलालाई व्यबस्थापन गरिएको मानव सेवा आश्रमका राजन सापकोटाले बताउनु भयो । त्यसै गरी उद्धार गरिएका मध्य ४ जना वालक र ५ जना बालिकालाई वालहेल्प लाइन कास्की (सिविन पोखरा) मा राखिएको वालहेल्पलाइनका मनो विमर्शकर्ता कृष्ण गुरुङले बताउनु भयो । बाँकी रहेका ३ जनालाई भने उहाँका आफन्तको जिम्मामा घर फर्किइएको छ । रौतहट देखिका २ बर्षका बालबालिकाहरु समेत सिविनमा आएको उहाँले जनाउनु भयो ।

वडा प्रहरी कार्यालय बगर कास्की र पोखरा महानगरपालिकाबाट नगर प्रहरी समेतको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा माग्दै हिड्ने गरेको अबस्थामा उहाँहरुलाई उद्धार गरिएको हो । भिक्षा माग्न कानुनले निषेध गरेकोले पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न प्रहरीले नदिने, बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई रोक लगाइने प्रहरीले जनाएको छ ।

बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न प्रहरीले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको प्रहरी निरिक्षक मानन्धरले जनाउनु भयो ।



This will close in 20 seconds