
दीननाथ बराल,
पोखरामा हुने गल्फ प्रतियोगिताको पूर्व सन्ध्यामा विहिबार पोखरामा साइकल ¥याली आयोजना गरिएको छ । पोखराको हल्लनचोक देखि सुरु भएको साइकल ¥याली पोखराका विभिन्न नगर परिक्रमा गरी हिमालयन गल्फ कोर्षमा पुगेर टुंगिएको थियो ।

उक्त साइकल ¥यालीमा विदेशी पर्यटक देखि बालबालिका हुदै ८१ बर्षका ज्येष्ठ नागरिक समेत सहभागि हुनु भएको थियो । हल्लनचोकबाट सुरु भएको ¥याली सहिद चोक, सभागृह चोक, चिप्लेढुंगा चोक, महेन्द्र पुल, रानी पौवा, चाउथेचोक र मजेरी पाटन हुँदै हिमालयन गल्फ कोर्समा पुगेर सम्पन्न भएको थियो ।

¥यालीको उद्घाटन गर्दै बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखरालाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यस्ता खेलकुदका प्रतियोगिता आयोजना गर्नु पर्नेमा जोड दिनु भयो । पोखरालाई पर्यटकीय राजधानीमात्र नभई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने दाबी गर्दै उहाँले पोखरालाई पर्यटनको राजधानि घोषणाको पूर्व सन्ध्यामा यस कार्यक्रम गरिएको उल्लेख गर्नु भयो । उक्त र्यालीको उद्घाटन गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिकासराज खनाल, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, प्रधानसम्पादक प्रधानले संयुक्त रुपमा रिवन काटेर गर्नु भएको हो ।

¥यालीमा ९ वर्षीय आरोही बराल देखि ८१ बर्षका टोपराज ढुंगनासम्मका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु गरी करिब २ सय जना साइक्लिस्टहरु सहभागि भएको थियो । ¥यालीमा सहभागिहरुलाई विभिन्न टोलमा आमा समुहले स्वागत गर्नु भएको थियो ।

पोखरामा हुने गल्फ प्रतियोगितामा व्यवसायीक गल्फर देखि अमेच्योर तथा उद्योगी तथा व्यवसायी गरी १ सय भन्दा बढी सहभागि हुने भएका छन्। शनिबार प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण सहित प्रतियोगिताको समापन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आउने कार्यक्रम तय भएको छ ।





