धम्पुस उत्सव, विविध खेलकुद तथा सांस्कृति कार्यक्रम सुरु

-


     पोखरा क्लिक     
     फागुन ३० गते २०८० मा प्रकाशित


दीननाथ बराल,

कास्कीको पर्यटकीय गाँउ धम्पुसमा आज (बुधबार) देखि धम्पुस उत्सव २०८०, विविध खेलकुद तथा सांस्कृति कार्यक्रम सुरु भएको छ । स्थानिय मिलन युवा क्लवको आयोजनामा आउँदो चैत ३ गतेसम्म चल्ने उक्त उत्सवको एक समारोहका बिच माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले उद्घाटन गर्दै उक्त खेलकुद सहितको विविध सांस्कृतिक कार्यक्रमले धम्पुस क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताउनु भयो ।

समाजमा सकरात्मक सन्देश दिन युवा परिचालन गर्न समाजका यस्ता क्लवहरु सक्रिय रुपमा विभिन्न गतिविधिहरु गर्न उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै माछापुच्छ«े गाउँपालिका ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले कास्कीको पर्यटनको पुरानो गन्तव्य भएकोले खेल पर्यटनको प्रबद्र्धन गर्न वडाले सो कार्यक्रमको लागि २ लाख बजेट व्यबस्था गरेको पोखराक्लिकलाई जनाउनु भयो । यस्ता उत्सवले गाँउ पर्यंटनको विकासमा सहयोग हुने उहाँको भनाई थियो । कार्यक्रममा माछापुच्छ«े गाउँपालिका ९ का वडा अध्यक्ष हरि बहादुर क्षत्री, ७ का वडा सदस्य गायत्री भण्डारी, एमालेका कुल प्रसाद भण्डारी, माओबादी केन्द्रका डिललीराम भण्डारी लगायतले वोल्नु भएको थियो । टोल स्तरिय समुहिक नृत्य प्रतियोगितामा पोखरी धम्पुस आमा समुह प्रथम भएको छ ।

सामाजिक, शैक्षिक र आर्थिक स्तरवृद्धिको लागि सचेतना जगाउन साथै कला संस्कार, संस्कृक्तिको जगेनां, खेलकुद बिकासमा अग्रणी गरी सभ्य समाज एवं युवा युवतीको सम्पूर्ण प्रकारको प्रतिभा उजागर गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको क्लवका अध्यक्ष ललित पुनले बताउनु भयो । उक्त कार्यक्रम सम्पन्न गर्न करिब ८ लाख ९४ हजार खर्च लाग्ने क्लवका असोक थापाले बताउनु भयो । सो कार्यक्रमबाट करिब २६ हजार बचत गर्ने क्लवले लक्ष्य राखेको छ । विविध सांस्कृतिक कार्यक्रम अन्र्तगत राष्ट्रिय, स्थानिय कलाकार देखि सामुहिक नृत्य लगायतका कार्यक्रम हुने भएको छ ।
उद्घाटनको अवसरमा आयोजक मिलन युवा क्लव ए र बि बिचको मैत्रिपूर्ण खेलमा आयोजक एलाई बीले २—१ को सेटमा पराजित गरेको हो ।

कास्कीको माछापुच्छ«े गाउँपालिका ७ मा पर्ने लेककुनामा उक्त कार्यक्रम सुरु भएको छ भने उक्त कार्यक्रमको मुख्य आकर्षणमा कास्की जिल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लवका अध्यक्ष पुनले बताउनु भयो । प्रतियोगितामा २५ टिमको सहभागिता हुने उहाँले पोखराक्लिकलाई जनाउनु भयो । प्रतियोगिताको विजेतालाई नगद एक लाख, उपविजेतालाई नगद ६० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको अध्यक्ष पुनले जनाउनु भयो ।

उक्त कार्यक्रममा क्लव स्तरिय महिला भलिवल प्रतियोगिता समेत हुने भएको छ । प्रतियोगिताको विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजार प्रदान गरिने भएको छ । भलिवलको पुरुष तर्फ शान्त्वना हुने सेमिफाइनलमा पराजित भएका दुई टिमलाई जनही १०÷१० हजार प्रदान गरिने भएको छ । भलिवलको पुरुष तथा महिला तर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार, अन्य ५ विधामा जनही २ हजार ५ सयका दरले पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै उक्त उत्सवमा प्रौढ भलिवल प्रतियोगिता, पुरुष रस्साकसी प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता हुने भएको खेल संयोजक बुद्ध सिंहले बताउनु भयो ।