विविध कार्यक्रम सहित टप्स इंग्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव सम्पन्न

-


     पोखरा क्लिक     
     चैत्र १ गते २०८० मा प्रकाशित


जया पौडेल

पोखरा–१०, रामघाटमा रहेको टप्स इंग्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विद्यालयका संस्थापक÷प्रिन्सिपल रत्नमान गुरुङको अध्यक्षतामा पोखरा सभागृहमा विहिबार विविध कार्यक्रमका बिच बिद्यालयको बार्षिकोत्सव मनाइएको हो ।


कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका निमिक्त निर्देशक अम्बिका प्रसाद आचार्यले कार्यक्रमको उद्घाटन गर्दै अबको शिक्षा व्यवहारिक र सिपमुलक हुनु पर्नेमा जोड दिनु भयो । बिद्यालयले शैक्षिक विकासको साथमा अतिरिक्त कृयाकलापलाई समेत प्रथामिकता दिएकोमा उहाँले प्रशंसा गर्नु भयो । प्याब्सनका कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, अभिभावक तथा तमु धिं नेपाल केन्द्रिय आमा समितिका अध्यक्ष पवित्रा गुरुङ, सहायक प्रिन्सिपल चित्रकुमार गुरुङ, संस्थापक सदस्य पुरस्कार गुरुङ लगायतले शिक्षाको बारेमा चर्चा गर्नु भएको थियो ।

उक्त अवसरमा एसईई तर्फ गत बर्ष उत्कृष्ट अंक ल्याउने सृजना क्षत्री र प्लस टु तर्फ उत्कृष्ट अंक ल्याउने श्रेया के.सी.लाई जनही १० हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो । उक्क्त अवसरमा दीर्घ सेवाबाट निमावि तहकी नेपाली शिक्षक हेमा थापालाई सम्मान गरिएको बिद्यालयले पोखराक्लिकलाई जनाएको छ । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । २०५० सालमा पोखराको रामघाटबाट सुरु भएको विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।