अर्थतन्त्र

लायन्स कप भलिबल जारीः भारतीय टोलीले आर्मीलाई हरायो, इरानी टोली सेमिफाइनलमा

पोखरा, १९ वैशाख, पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको भारतीय टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्न सफल रह्यो । भारतीय टोलीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र… पुरा पढौ

आगलागी नियन्त्रण सम्बन्धी अभिमुखीकरण

पोखरा, १९ बैशाख, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजना, वडा नं. ६ कार्यालयको सहकार्य तथा जिल्ला प्रहरी कास्कीको समन्वयमा आगलागी नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु वलियाले विपद् जुनसुकै बेला पनि आउनसक्ने हुँदा यस्ता कार्यक्रमले विपद् पर्दा नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा विशेष अतिथि वडा नं. ६ वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले यस्ता किसिमका कार्यक्रम व्यवहारिक र अति नै महत्वपूर्ण रहेकोले वडाले सधैं… पुरा पढौ

कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, भोलि रंक्तदान हुने

पोखरा, पोखरामा ऐतिहासिकश्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ । आजको व्रतवन्धमा सहभागी सबैलाई सम्मान समेत गरिएको छ । यस्तै महायज्ञमा विधिपूर्वक हवन पनि आजैबाट शुरु गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा हवन शुरु गरिएको हो । बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा… पुरा पढौ

प्रो नेचुरल बडी बिल्डर वल्र्ड च्याम्पियन सुजन

पोखरा, १८ वैशाख, पोखराको न्यूरोड घर भई हाल अष्टे«लिया निवासी सुजन कुमार सिल्पकारले बडी बिल्डिङ च्याम्पियनमा तहल्का मच्चाएका छन् । ३९ वर्षीय यी प्रोफेसनल नेचुरल बडी बिल्डर अमेरिकामा हुने नेचुरल ओलम्पियामा भाग लिने तयारीमा छन् । ओलम्पियालाई बडी बिल्डिङतर्फ सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ । त्यसो त उनी आई.सि.एन. बल्र्ड च्याम्पियनसिप–२०१९ मा एमच्योर वल्र्ड च्याम्पियन तथा सिड्नी डि.एफ.ए.सी. वल्र्ड च्याम्पियनसिप–२०२३ मा प्रो च्याम्पियन हुन् । अष्ट्रेलियासहित विभिन्न मुलुक पुगेर नेचुरल बडी बिल्डिङ च्याम्पियनमा नेपालको झण्डा बोकेर प्रतिस्पर्धामा उत्रिनेक्रममा हालसम्म ९० भन्दा… पुरा पढौ

शुटिङकी भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

वैशाख १९, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली खत्रीले अवार्ड पाउने निश्चित भएको हो । खत्रीलाई वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ । बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई विभिन्न पदक… पुरा पढौ

श्रमिको हकअधिकार प्राप्तीको लागि सदन देखि सडकसम्म आवाज उठाउछौंः महासचिव गुरुङ

दीननाथ बराल, पोखरा १८, वैशाख, नेकपा माओबादी केन्द्रका महासचिव देव गुरुङले श्रमिको हकअधिकार प्राप्तीको लागि सदन देखि सडकसम्म आवाज उठाउने बताउनु भएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विहिबार पोखरामा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै महासचिव गुरुङले श्रमिको हकअधिकार प्राप्तीको लागि पहिला देखि आफुहरु गम्भिर भएको उल्लेख गर्दै सदन देखि सडकसम्म आवाज उठाउने बताउनु भएको हो । सामाजिक सुरक्षा कोषको कार्यान्वयन गराउने बिषयमा तथा श्रमिक ऐन पारित गराउने बिषयमा २०७४ सालमा आफ्नो पार्टी… पुरा पढौ

कोटीहोममा भक्तजनको उत्साहजनक सहभागिता, भारतका दार्शनिक प्रशान्त कृष्ण परांकुश आउँदै

पोखरा, पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ १४ औं दिनसम्म जारी छ । कोटीहोम महायज्ञको औपचारिक उद्घाटन भने बुधबार गरिएको थियो । आज १४औं दिनमा चर्चित अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचन सकेकी छन् ।शुक्रबारदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।कथा वाचिका देवी प्रतिभाले ‘यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरु… पुरा पढौ

प्रथम लायन्स कप भलिबल पोखरामा सुरु, दुई पाहुना टोली मध्य इरानीको जित भारतको हार

पोखरा, १८ वैशाख, पोखरामा बिहीबारदेखि सुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी यात्रा सुरु गरेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिसले भारतीय टोलीमाथि २५—२३ ले जित हासिल ग¥यो । दोस्रो सेट र तेस्रो सेट भने पुलिसले… पुरा पढौ

पोखरा स्पोट्र्स अवार्डका लागि अमेरिकाबाट समेत सहयोग

वैशाख १८, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ यहि वैशाख २६ गते पोखरामा हुँदैछ । पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । यसै सन्दर्भमा हाल अमेरिकाका न्यूयोर्कमा बसोबास गर्ने तीन जना नेपाली समाजसेवीले २ सय ५६ अमेरिकन डलर अर्थात ३५ हजार नेपाली रुपैयाँ सहयोग गरेका छन् । अवार्डलाई बर्दिया बधैयाताल ८ का पुर्णबहादुर पाइजा मगरले १ सय १ अमेरिकन डलर, बागलुङ तमानखोला ३ का… पुरा पढौ

पोखरामा नयाँ इभी चार्जिङ स्टेशनको शुभारम्भ बिन्ध्यवासिनी मन्दिर नजिकै सुविधा थप

पोखरा, १७ वैशाख, पोखरा महानगरपालिका वडा नं। २, मिरुवामा आजदेखि नयाँ इलेक्ट्रिक भेहिकल ९भ्ख्० चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागलुङ राजमार्गमा अवस्थित बिन्ध्यवासिनी मन्दिरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको यो चार्जिङ स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। यो चार्जिङ स्टेशनको शुभारम्भ लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमल श्रेष्ठले गर्नुभएको हो। “EV-GO”  FAST CHARGING STATION यो चार्जिङ स्टेशनमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ, जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २०५ देखि… पुरा पढौ