
दीननाथ बराल,
पोखरा १८, वैशाख,
नेकपा माओबादी केन्द्रका महासचिव देव गुरुङले श्रमिको हकअधिकार प्राप्तीको लागि सदन देखि सडकसम्म आवाज उठाउने बताउनु भएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विहिबार पोखरामा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै महासचिव गुरुङले श्रमिको हकअधिकार प्राप्तीको लागि पहिला देखि आफुहरु गम्भिर भएको उल्लेख गर्दै सदन देखि सडकसम्म आवाज उठाउने बताउनु भएको हो ।

सामाजिक सुरक्षा कोषको कार्यान्वयन गराउने बिषयमा तथा श्रमिक ऐन पारित गराउने बिषयमा २०७४ सालमा आफ्नो पार्टी सरकारमा हुँदा सुरु भएको उहाँले स्मरण गर्नुभयो । सबै बर्ग र क्षेत्रका श्रमिकहरुको हक र अधिकारको निम्ति आफ्नो पार्टी निरन्तर रुपले लागि रहने महासचिव गुरुङले विश्वास व्यक्त गर्नुभयो । आ—आफ्नो मुलुकको आर्थिक समृद्धिको आधारमा मजदुहरुको हकहितमा समन्वय गरी काम गर्नुपर्ने महासचिव गुरुङले जनाउनु भयो ।
श्रम जिवीको समस्या भनेको पूजिवाद विश्व व्यापी रुपमा बहुराष्ट्रिय कम्पनीहरुले पुंजिको एकाधिकार जमाउदै आए पछि ३ सय बर्ष अघि सामान्तबादको अबस्था देखि रहेको उहाँले जनाउनु भयो । काग्रेंस र एमाले नेतृत्वको सरकारले देशलाई निकास दिन नसक्ने उहाँको दाबी थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध गर्दै महासचिव गुरुङले देशमा हाल विभिन्न प्रकारका आन्दोलन हिंसात्मक हुनु सरकारी पक्ष कमजोरी भएको कारण भएको दाबी गर्नुभयो ।
कास्मीर घटनाले नेपाललाई पश्चिमा मुलुकहरुले द्धान्दको रणभूमिको रुपमा प्रयोग गर्न सक्ने आशंका व्यक्त गर्नुभयो ।पश्चिमाहरुको एकाधिकार सभ्यता, एकताबादी चिन्तन सोच, दलाली र चाकडी गर्ने तथा आत्म सर्मपणबादी चिन्तनले नेपालको राष्ट्रिय अस्मिता नै समाप्त पार्ने बाटोमा लागेको महासचिव गुरुङको आरोप थियोे । यहाँ द्धन्द मच्चाउने झगडा मच्चाउने अस्थिरता र अराजकता सृजना गरी नेपालको राष्ट्रिय अस्मितालाई समाप्त पार्ने त्यो दिशामा लैजाने गरी त्यसको प्रयास भएको उहाँको भनाई थियो । माओबादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले श्रमिकहरुको हक अधिकार र सामाजिक सुरक्षाको पूर्ण कार्यान्वयन सहित देशमै रोजगारीको अवसर र उचित पारिश्रमिक श्रम ऐनको कार्यान्वयन गर्दै जानुपर्ने बताउनु भयो । अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतमको अध्यक्षतमा कार्यक्रम भएको थियो ।




