अर्थतन्त्र

आलु महोत्सवको तयारी पुरा, भोलीदेखि महोत्सव

पोखरा, २३ चैत, भोलीदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजाआलु महोत्सव सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिकाप्रमुखधनराजआचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेकोआयोजक विष्णुपादुका क्लवकाअध्यक्ष समेत रहनुभएकामूलआयोजक समितिका संयोजकवसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेमजाजाउँ, आलुका स्वादिष्ट परिकार खाउँःआलु एक परिकार अनेक’ भन्ने मूलनाराका साथ संचालनहुनलागेको उक्तमहोत्सवकाआकर्षणका रुपमाआलु तथाताजा तरकारीको बृहतप्रदर्शन, आलुको पहाड निर्माण, आलुकाविभिन्न परिकार, कृषककालागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।त्यस्तै कृषक तथा कृषि सम्बन्धीविविध सांस्कृतिककार्यक्रम, कृषिझाँकीप्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषिउपज,… पुरा पढौ

केपि ओलि कप राष्ट्रिय टि—२० क्रीकेट सुरु, स्याङ्जा र काठमाडौको विजयी सुरुवात

पोखरा, पोखरामा आजबाट केपि ओलि कप टि–२० राष्ट्रिय खुल्ला पुरुष क्रीकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिलो दिन दुई खेल सम्पन्न भएका छन । प्रतियोगिताको पहिलो खेलमा स्याङ्जा र दोस्रो खेलमा काठमाडौं विजयी भएका छन् । पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हराएको छ । १६२ रनको विजयी दिएको पोखरा महानगरपालिकालाई १३८ रनमा रोक्दै स्याङ्जाले विजयी सुरुवात गरेको हो । पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै… पुरा पढौ

काठमाडौंवासिलाई फेवा महोत्सवको निम्ता

काठमाडौं, २३ चैत होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सवमा सहभागि हुन काठमाडौंवासीलाई आमन्त्रण गरेको छ । होटल संघ नेपाल र होटल संघ पोखरा नेपालले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यकावासीलाई महोत्सवमा भाग लिई नेपाली नयाँ वर्ष भव्य रुपमा मनाउन निम्ता प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै हानका केन्द्रिय अध्यक्ष विनायक शाहले फेवा महोत्सव पोखराको स्थापित कार्यक्रम मध्ये एक हुन पुगेको बताउँदै शहरलाई… पुरा पढौ

रास्वपा सभापति लामिछाने पुनः प्रहरी नियन्त्रणमा

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उहाँलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसंगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो । लामिछानेलाई काठमाडौँको बूढानीलकण्ठ स्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको बताइन्छ ।सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र… पुरा पढौ

क्रिकेट अम्पायर तथा स्कोररहरूका लागि दुई दिने कार्यशाला गोष्ठि सम्पन्न

पोखरा, चैत्र २२, पोखरामा हिजो सुरु भयको क्रिकेट अम्पायर तथा स्कोररहरूका लागि दुई दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कास्की जिल्ला क्रिकेट संघद्वारा आयोजित कार्यशालामा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख रामप्रसाद शर्माले उदघाटन गरेको तालिमको समापन किडासाका फाईनान्स कन्ट्रोलर बसन्तराज पराजुलीको प्रमुख आतिथ्यतामा संयोजक संस्था पोखरा क्रीकेट एकेडेमीका अध्यक्ष बोबिन कुँवरको अध्यक्षतामा सम्पन्न भयको थियो । समापन कार्यक्रममा तालिममा सहभागी अम्पायर स्कोररहरुलाइ ।सहभागिताको प्रमाणपत्र बितरण गरिएको थियो। सो अवसरमा बोल्दै संघका अध्यक्ष… पुरा पढौ

पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ सम्पन्न, गण्डकी प्रदेश लोक गित तथा संगितको उर्वर भूमिः हो— मन्त्री गुरुङ

दीननाथ बराल,पोखरा २२, चैत, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरा सभागृहमा शनिबार वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ सम्पन्न भएको छ । उक्त साँझमा पुरुषोत्तमका करिब १८ गीत प्रस्तुत भए भने सांगीतिक साँझमा पुरुषोत्तम न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । सांगीतिक साँझमा प्रवेश निःशुल्क रहेको प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले बताउनु भयो । पुरुषोत्तमका सरर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैन जस्ता धेरै गीत चर्चित छन् । २०२९ सालमा स्याङजामा जन्मिनु… पुरा पढौ

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगे संगै अहिले भने प्रचार प्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसै विच २०८२ साल बैशाख १७ गते देखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् ।बाल विदूषी… पुरा पढौ

शनिबार देखि पोखरामा केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको हुने

पोखरा, २२ चैत, शुन्दर नगरी पोखरामा भोलि (शनिबार) बाट सुरु हुने केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने केपी कपमा कुल १६ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको खेल तालिका सार्वजानिक भएसंगै पहिलो खेल पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लब बिच हुने भएको छ । दोस्रो तथा उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौं र हेटौडा एसएबिच हुनेछ । खेल तालिका अनुसार समूह ‘ए’ मा सिइसी… पुरा पढौ

फेवातालको किनारामा मापदण्ड विपरितका भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा हुदै, सरोकार पक्ष मौन

दीननाथ बराल, पोखरा २१, चैत, पोखरा फेवातालको किनारमा मापदण्ड विपरितका भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ । रामसारमा सुचिकृत भएको विश्वकै ऐतिहासिक तथा पर्यटकीय स्थल फेवातालमा हाल अनुमति विना संरचनाहरु बन्ने क्रम हाल तिव्र गतिमा अघि बढेको स्थानियले गुनासो गर्नु भएको छ । विभिन्न व्यवसाय तथा घर एवं भवन बनाउने उद्धेश्यले केही व्यक्तिहरुले फेवातालको किनार छेउमा २ मिटर देखि ३० मिटिर भित्रै भौतिक संरचना निर्माण गर्न लागेको स्थानिय धुर्व थापाले बताउनु भयो । पोखराको सेदीमा २ वटा… पुरा पढौ

मुख्यमन्त्रीलाई बुझाए नवलपुरका किशोरीले ध्यानाकर्षण पत्र

किशोरीहरुको सशक्तिकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले बताउनुभएको छ । प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा पुगेका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा बिहिवार पाण्डेले सो धारणा व्यक्त गरेका हुन । नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालनको सहयोगमा मध्यबिन्दु नगरमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ३० जना किशोरीहरुले आफुहरुले काम गर्दाका दौरानका अनुभव, चुनौती र सम्भावनाका विषय ध्यानाकर्षण गराए । किशोरीको टोलीले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिका लक्षित गर्नुपर्ने १६ बुँदे… पुरा पढौ