
पोखरा, २३ चैत,
भोलीदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजाआलु महोत्सव सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिकाप्रमुखधनराजआचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेकोआयोजक विष्णुपादुका क्लवकाअध्यक्ष समेत रहनुभएकामूलआयोजक समितिका संयोजकवसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो।
‘सुन्दर ठाउँ हेमजाजाउँ, आलुका स्वादिष्ट परिकार खाउँःआलु एक परिकार अनेक’ भन्ने मूलनाराका साथ संचालनहुनलागेको उक्तमहोत्सवकाआकर्षणका रुपमाआलु तथाताजा तरकारीको बृहतप्रदर्शन, आलुको पहाड निर्माण, आलुकाविभिन्न परिकार, कृषककालागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।
त्यस्तै कृषक तथा कृषि सम्बन्धीविविध सांस्कृतिककार्यक्रम, कृषिझाँकीप्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषिउपज, वीउविजनतथाअन्य कृषियन्त्रको प्रदर्शनीपनि रहेकोआयोजक विष्णुपादुका क्लवले जनाएको छ। महोत्सव सुरु हुनुपुर्वबाजागाँजा, कृषिझाँकी सहित विष्णुपादुका माइस्थानबाटशोभायात्रा सुरु हुने र उक्तशोभायात्रामिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसलहुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदानपुग्ने कार्यक्रम छ।
महोत्सवप्रवेशकालागि साधारणतर्फ रु. ८० तथाविद्यार्थीकालागि ५० दरको टिकट व्यवस्थागरिएको छ ।त्यस्तै रु.२०० मामहोत्सवअवधिभरकालागि स्थानीयपासको बन्दोवस्त समेतमिलाइएकोर महोत्सवमाप्रतिकेजी ४२ रुपैयाँमाआलु कारोवार हुनेमूलआयोजक समितिकामहासचिवहिम्मतथापालेजानकारी दिनुभयो ।
वि.सं. २०७८ को जनगणना अनुसार हेमजामाकुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ५० हेक्टरमाआलु खेतीगर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमाआधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिकआलु खेतीगर्दै आउनुभएको छ । त्यहाँप्रति रोपनीआलुको औसत उत्पादनलागत रु.१८ हजार ५ सय ५७ रहेकोमाऔसद उत्पादन७ सय ५ केजीप्रतिरोपनी रहेको तथ्याङकमाउल्लेख छ।
हेमजामाउत्पादनभएकाआलु तथाअन्यताजा तरकारीका वृहतप्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषिपर्यटन क्षेत्रका रुपमा देश विदेशमाचिनाउने, क्लबभवननिर्माणका साथै तरकारी संकलनतथाबिक्रीवितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीयभवननिर्माणलाई पूर्णतादिने उद्देश्यका साथमहोत्सवगर्नलागिएको हो। भोलीदेखि सुरु हुने महोत्सवयहि वैशाख ३ गतेसम्म संचालनहुनेछ।