क्रिकेट अम्पायर तथा स्कोररहरूका लागि दुई दिने कार्यशाला गोष्ठि सम्पन्न

-


     पोखरा क्लिक     
     चैत्र २२ गते २०८१ मा प्रकाशित


पोखरा, चैत्र २२,

पोखरामा हिजो सुरु भयको क्रिकेट अम्पायर तथा स्कोररहरूका लागि दुई दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कास्की जिल्ला क्रिकेट संघद्वारा आयोजित कार्यशालामा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख रामप्रसाद शर्माले उदघाटन गरेको तालिमको समापन किडासाका फाईनान्स कन्ट्रोलर बसन्तराज पराजुलीको प्रमुख आतिथ्यतामा संयोजक संस्था पोखरा क्रीकेट एकेडेमीका अध्यक्ष बोबिन कुँवरको अध्यक्षतामा सम्पन्न भयको थियो । समापन कार्यक्रममा तालिममा सहभागी अम्पायर स्कोररहरुलाइ ।सहभागिताको प्रमाणपत्र बितरण गरिएको थियो।

सो अवसरमा बोल्दै संघका अध्यक्ष संजय कान्त सिग्देलले कार्यशालाले यूवा अम्याएर तथा स्कोररका लागि जनशक्ति उत्पादनका महत्वपूर्ण भूमिका खेलेको बताउँदै महिला अम्पायरहरुको सम्भावना अथाह रहेको र एन पि एल सफलता पछी अम्पायर र स्कोररहरुको पनि भबिस्य उज्ज्वल रहेकोले यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।प्रमुख अतिथिको रुपमा बसन्त राज पराजुलीले एमसिसिको प्रोजेक्टले रचना चौधरी जस्ता प्रतिभाबान खेलाडीको खोजी भएको र खेलाडी सङ्सङै प्राविधिकहरुपनि प्रोजेक्टको महत्त्वपूर्ण अंग रहेकाले दक्ष प्राबिधिक निर्माणमा भबिस्यमा संघ संग सहकार्य गरि थप कार्यक्रमहरु गर्ने बिश्वास व्यक्त गर्नु भयो। समापन कार्यक्रम मा सगभागी हरुको तर्फबाट शंकर शाह र चन्द्रमाया बरालले यस्तो कार्यक्रमले क्रीकेटको नियमको ज्ञान, यसको प्रयोग का साथै टेक्निक्सको बिसयमामा सिक्न अबसर पायको र अब मैदानमा यो सहभागीताले आत्मबिस्वास बढेको बिसयमा भनाइ राखेका थिए
एमसिसिको च्यारिटी संस्था किडाशा फाउन्डेशनको सहयोगमा सम्पन्न कार्यशालाको संयोजन पोखरा क्रिकेट एकेडेमीले गरेको थियो । खेलकुद परिषद गण्डकी र प्रादेशिक क्रिकेट संघ गण्डकीले प्राविधिक सहयोग गरेका थिय ।
सो कार्यशालामा कास्कीका महिला पुरुष गरि २५ जनाको सहभागिता रहेको थियो । उनीहरुलाई अन्तरास्ट्रिय अम्पायर रहेका संजय कान्त सिग्देल, राष्ट्रिय अम्यायर भोजराज बराल र अन्तरास्ट्रिय स्कोरर आशिष बरालले प्रशिक्षण दिएका थिए ।