अर्थतन्त्र

कास्कीको सैमारंग(मकैखोला) मा केन्द्र बिन्दु भएर गयाे भूकम्प, पाेखरा आसपास भूकम्पको धक्का महशुस

दीननाथ बराल,पाेखरा, २७, फागुन, कास्कीको सैमारंग(मकैखोला) लाई केन्द्र बिन्दु बनायर आज बिहान भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले पोखरा क्लिकलाई दिएकाे जानकारी अनुसार आज बिहान ४:११ मिनेट जाँदा कास्कीको सैमारंग(मकैखोला) मा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । केन्द्रका अनुसार ४.३ म्याग्नि च्यूटको भूकम्प गएको हाे । भूकम्पको धक्का पोखरा र कास्की वरपरका जिल्लाहरू समेत हल्का महसुस भएको स्थानीयले बताउनु भएको छ। याे समाचार तयार पार्दासम्म बिहान ४:३० बजे भूकम्पकाे कुनै क्षेतिकाे विवरण नआएकाे प्रहरीले जनाएकाे छ । https://app.datawrapper.de/edit/iCRXA/publish पुरा पढौ

सराङकोट धाममा महाआरतीको रौनक सुरु, हरेक सोमबार अन्नपूर्ण केवलकारबाट भक्तजनलाई २ सय ५० मै यात्राको अवसर

पोखरा १८ स्थित पोखराको सराङकोट धाममा आज (सोमबार) देखि महाआरती पूजा प्रारम्भ भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र बिकास समितीले निमार्ण गरेको सराङकोट धाममा आगामी दिन देखि हरेक सोमबार महाआरती पूजा विधि पूर्वक पूजा हुने भएको जस अन्र्तगत सोमबार देखि सुरु भएको समितिका बरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर थापाले बताउनु भयो । हरेक सोमबार महाआरती हुने गरी महायज्ञ पछि पहिलो सोमबार बाट महाआरती सुरु भएको उहाँले बताउनु भयो । हरेक हप्ताको सोमबार साँझ ५.३० बजे देखि ३० मिनेटसम्म आरती… पुरा पढौ

पोखराको ऐतिहासिक श्री गण्डकी कोटिहोम सञ्चालन हुनेः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्दै महानगरपालिका

पर्यटनको राजधानि पोखरामा आउदो वैशाख देखि हुने भनिएको श्री गण्डकी कोटिहोम सञ्चालन हुने भएको छ भने कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पोखरा महानगरपालिका पछि हटेको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मातीराम तिम्सिनाले बताउनु भयो । बैठकमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रतिनिधीहरु, वडा अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु ,विश्व हिन्दु महासंघका प्रतिनिधी,कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधी लगायतको उपस्थितीमा कोटिहोम… पुरा पढौ

हङकङमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

हङकङ, गैर आवासिय नेपाली संघ हङकङ महिला बिभाग र नेपाली महिला संघ हङकङ द्दारा संयुक्तरुपमा आयोजना गरिएको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस स्थानिय मङकोकको सभाहलमा भब्यरुपमा सम्पन्न भएको छ । नेपाली महिला संघ हङकङका अध्यक्ष एवं गैरआवासिय नेपाली संघ आईसिसीका महिला सचिव राधिका गुरुङ ‘टिका’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली मुलका बिभिन्न संघ संस्थाहरुको भब्य उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अतिथीका रुपमा गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ रहेकी थिइन् । गैर आवासिय नेपाली संघ हङकङ महिला बिभागका संयोजक कबिता… पुरा पढौ

नेपाल फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ

पोखरा, २६ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ, सदस्यहरुमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए । अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका… पुरा पढौ

एक करोडको बिमा रकम पाउने प्रलोभनमा आफ्नै पसलमा आगलागी गर्ने युवा पोखरामा पक्राउ

पोखरा २५, फागुन, एक करोडको बिमा रकम पाउने प्रलोभनमा आफ्नै पसलमा आगलागी गर्ने एक युवा पोखरामा पक्राउ परेका छन् । पोखराको न्यूरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न रहेको आशङ्कामा कास्की प्रहरीले पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारलाई पक्राउ गरेको हो । पसल सञ्चालक लोहारले १ करोड बराबरको बीमा गराएको शिखर इन्स्योरेन्स कम्पनीमा क्षतिपूर्ति दाबी गर्न पुगेका थिए ।उक्त पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेका र आगलागीको कारणबारे शंकाशपद विवरण प्रस्तुत गरिएको पाइएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले… पुरा पढौ

पोखरामा क्रिप्टोकरेन्सी प्रयोग तथा जुवा एवं सट्टावाजी खेलाउने घर धनी सहित ५ जना पक्राउ, एक बर्षमा ३० करोडको कारोवार

पोखरामा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा एवं सट्टावाजी खेलाउने गरेको एउटा समुह प्रहरीको फन्दामा परेको छ । पोखरा १४ अनुपम टोलमा रुपेन्द्र जि.सी.को साँढे ३ तले घरमा अवैध रुपमा उक्त क्रिप्टोकरेन्सी प्रयोग गर्दै अनलाइन मार्फत जुवा÷सट्टावाजीमा प्रयोग गरिएका जि.सी.का ४ जना आफन्त पर्ने लाई प्रहरीले पक्राउ गरेको हो । पर्वतका जि.सी.ले विगत १ बर्ष देखि पोखरामा हालै निर्माण भएको उक्त घरमा विगत १ बर्ष देखि आफ्न्तलाई ईलेक्ट्रोनिक डिभाईस मार्फत अवैध कारोवार गर्ने गरेको गोप्य सूचनाको आधारमा ५ जनालाई पहिलो… पुरा पढौ

पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना पोखरा भ्रमण पश्चात काठमाण्डौं प्रस्थान

दीननाथ बराल, पोखरा २५, फागुन, पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना पोखरा भ्रमण पश्चात काठमाण्डौं प्रस्थान गर्नु भएको छ । पूर्व राजा शाहलाई पोखराको पुरानो विमानस्थलमा पन्चेबाजा सहित फुल माला लगायर उहाँलाई बिदाई गरिएको राप्रपाका युवा नेता अरुण गिरीले बताउनु भयो । पूर्व रानी कोमल शाह, पूर्व युवराज पारश शाह सहितका पूर्व राजाको परिवारलाई राप्रपा सहित राजासमर्थितहरुले विमानस्थलमा जयजयकार गर्दै धुवोको माला सहित फूलमालाले विदाई गर्नु भएको उहाँले पोखराक्लिकलाई उल्लेख गर्नु भयो । आज पोखराबाट र्याली सहित उहाँलाई बिदाई गरिएको… पुरा पढौ

पोखराको सफलता पछि ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन स्याङ्जाको वालिङमा हुने

पोखरा,फागुन २५, सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला) स्याङ्जाको वालिङमा हुने भएको छ । पोखराको अपार सफलतापछि आगामी चैत १ गते स्याङ्जाको वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । वालिङ उद्योग वाणिज्य संघ र ट्रिनिटी क्लव वालिङको आयोजनामा हाल वालिङ बजारमा प्रथम पिङ्क सिटी महोत्सव चलिरहेको छ । सोहि महोत्सव अन्तर्गत चैत १ गते शुक्रबार दिउँसो ३ बजेदेखि राती ८ बजेसम्म ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका… पुरा पढौ

पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि लेखनाथ र माछापुच्छ«े क्रिकेट क्लव भिड्ने

पोखरा, फागुन २६, पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि लेखनाथ यूथ क्रिकेट क्लव र माछापुच्छ«े क्रिकेट क्लव भिड्ने भएका छन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्तर्गत आईतबार भएको दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लवलाई २३ रनले पराजित गर्दै लेखनाथ यूथ फाइनलमा प्रवेश गरेपछी यी दुई क्लवबीच उपाधि भिडन्त पक्का भएको हो । यसअघि शनिबारको खेलमा राईजिङ क्रिकेट क्लवलाई ९६ रनले पराजित गर्दै… पुरा पढौ