
काठमाडौँ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उहाँलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसंगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।
लामिछानेलाई काठमाडौँको बूढानीलकण्ठ स्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको बताइन्छ ।सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गर्नुभएको थियो ।