अर्थतन्त्र

शनिबार देखि पोखरामा केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको हुने

पोखरा, २२ चैत, शुन्दर नगरी पोखरामा भोलि (शनिबार) बाट सुरु हुने केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने केपी कपमा कुल १६ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको खेल तालिका सार्वजानिक भएसंगै पहिलो खेल पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लब बिच हुने भएको छ । दोस्रो तथा उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौं र हेटौडा एसएबिच हुनेछ । खेल तालिका अनुसार समूह ‘ए’ मा सिइसी… पुरा पढौ

फेवातालको किनारामा मापदण्ड विपरितका भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा हुदै, सरोकार पक्ष मौन

दीननाथ बराल, पोखरा २१, चैत, पोखरा फेवातालको किनारमा मापदण्ड विपरितका भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ । रामसारमा सुचिकृत भएको विश्वकै ऐतिहासिक तथा पर्यटकीय स्थल फेवातालमा हाल अनुमति विना संरचनाहरु बन्ने क्रम हाल तिव्र गतिमा अघि बढेको स्थानियले गुनासो गर्नु भएको छ । विभिन्न व्यवसाय तथा घर एवं भवन बनाउने उद्धेश्यले केही व्यक्तिहरुले फेवातालको किनार छेउमा २ मिटर देखि ३० मिटिर भित्रै भौतिक संरचना निर्माण गर्न लागेको स्थानिय धुर्व थापाले बताउनु भयो । पोखराको सेदीमा २ वटा… पुरा पढौ

मुख्यमन्त्रीलाई बुझाए नवलपुरका किशोरीले ध्यानाकर्षण पत्र

किशोरीहरुको सशक्तिकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले बताउनुभएको छ । प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा पुगेका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा बिहिवार पाण्डेले सो धारणा व्यक्त गरेका हुन । नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालनको सहयोगमा मध्यबिन्दु नगरमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ३० जना किशोरीहरुले आफुहरुले काम गर्दाका दौरानका अनुभव, चुनौती र सम्भावनाका विषय ध्यानाकर्षण गराए । किशोरीको टोलीले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिका लक्षित गर्नुपर्ने १६ बुँदे… पुरा पढौ

अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

पोखरा, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडि प्रथम भएको छ । प्रतियोगितामा आयोजकको तर्फबाट फणिन्द्र प्रसाद तिमिल्सिना र विशाल खड्काको जोडि प्रथम त्यस्तै आयोजककै प्रदिप श्रेष्ठ र विशाल बस्नेतको जोडि द्धितीय भए । प्रतियोगितामा सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा कालिकाका हरि बहादुर बुढाथोकी र बिष्णु बहादुर अधिकारीको जोडि तेस्रा भए । प्रथम र द्धितीयलाई क्रमश २० हजार १५ हजार र ट्रफि प्रदान गरिएको थियो भने तृतीयलाई… पुरा पढौ

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव चैत २४ देखि सुरु हुने, आलुको मुल्य भने प्रतिकेजी करिब ४० पर्ने

पोखरा, २० चैत, १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ। यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने संचालन हुने महोत्सव विष्णुपादुका क्लवले आयोजना गर्ने भएको हो । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा… पुरा पढौ

चैत २२ गते पोखरा सभागृहमा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ, प्रवेश निशुल्क

पोखरा, पोखरा सभागृहमा चैत २२ गते शुक्रबार पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ हुन लागेको हो । आयोजक प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त साँझमा पुरुषोत्तमका १८ गीत प्रस्तुत हुने जनाएको छ । सांगीतिक साँझमा पुरुषोत्तम न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिने प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले जानकारी दिइन् । सांगीतिक साँझमा प्रवेशका लागि निशुल्क राखिएको अध्यक्ष मगरले… पुरा पढौ

पोखराबाट एकै दिन दुई वटा अन्तराष्ट्रिय फ्लाइट

दीननाथ बराल,पोखरा १९, चैत, पर्यटनको राजधानि पोखराबाट आज(मंगलबार) एकै दिनमा दुई वटा अन्तराष्ट्रिय हवाई उडान भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट एउटा व्यवसायीक चार्टर्ड उडान भयो भने अर्को व्यवसायीक उडान भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । चिनको सिचुवान एयरलाइन्सले व्यवसायीक चार्टर्ड फ्लाइट गर्यो भने हिमालयन एअराइन्सले पोखरा देखि ल्हासा व्यवसायीक उडान गरेको हो । चिनको छेन्दुबाट पोखरा आएको सिचुवान एयरलाइन्सको जहाजमा ६० जना यात्रु पोखरा आएसंगै पोखराबाट १ सय २० जना यात्रु छेन्दु प्रस्थान गर्नु भएको पोखराका मेयर… पुरा पढौ

फोटो यात्रा–गन्तव्य मेघौली

पोखरा, १९ चैत, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको सुन्दरतासँगै आतिथ्य, थारु समुदायको नृत्य, डुंगा सफारी, मेघौलीबाट देखिने सूर्यास्त, जंगल सफारीको फोटो, भिडियो खिचेका थिए । नवलपुरको गैडाकोट नगरपालिका स्थित मौलाकाली मन्दिरसँगै… पुरा पढौ

फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ

पोखरा, १९ चैत, होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता जनाएका छन् । उल्लेखित संस्थाका अध्यक्ष तथा पदाधिकारीसँग संघले सोमबार र मंगलबार दुई अन्तरक्रिया तथा छलफल कार्यक्रम राखी महोत्सव सफल बनाउन सल्लाह र सुझाव मागेको थियो । छलफल कार्यक्रममा संघसंस्था र आमा समूहका पदाधिकारीले फेवा महोत्सव आफ्नै घरगाउँको महोत्सव भएको र यसले नेपाली कला… पुरा पढौ

पोखरा स्पोट्र्स अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

चैत्र १९, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीले अवार्ड सम्पन्न गराउन प्रतिबद्धता जनाउँदै छनोट गर्दा विशेष ध्यान दिन समेत सुुझाव दिए । सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले अवार्डका लागि आफुहरुको तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पोट्र्स अवार्ड विशुद्ध गण्डकी प्रदेशको… पुरा पढौ