
पोखरा,
पोखरामा ऐतिहासिकश्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ । आजको व्रतवन्धमा सहभागी सबैलाई सम्मान समेत गरिएको छ । यस्तै महायज्ञमा विधिपूर्वक हवन पनि आजैबाट शुरु गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ ।
महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा हवन शुरु गरिएको हो । बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी हवन कुण्डमा हवन सुरु भएको हो । हवन कार्य जेठ २६ गतेसम्म चल्नेछ । यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सय वटा हवन कुण्डमा ३÷३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् । कोटी होममा १०८ भागवतमहापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्रजपलगायतमा ब्राह्मणले पाठ गर्ने छन् । हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजयश्रीकृष्ण मूर्तिजीकाबुबामनि राम भण्डारी र आमाजानका भण्डारी रहने छन् । भने अरू मण्डपमा ३÷३ जना ब्राह्मणले नृत्य हवनगर्ने छन् ।
यज्ञका प्रमुखआचार्य लक्ष्मण भण्डारीकाअनुसार होमन बिहान ८ बजेबाट सुरु भई ११ बजे सम्मचल्ने छ भने ११ बजे देखि १ बजेर १५ मिनेट सम्मविश्रामभई पुन ४ बजे सम्महवनकार्य हुने छ । जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ । उक्तहवन कुण्डमा इच्छुक व्यक्तिकर्ता बस्न सक्ने व्यवस्थापनि रहेको मानव सेवा फाउन्डेसनकाव्यवस्थापक विष्णु थापाले जानकारी दिए ।उनकाअनुसार हवन कुण्डमा कर्ता बस्नका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको व्यवस्थागरिएको छ । हवन कुण्डमा बस्दा ब्राह्मणदेखि चाहिने पुरै सामग्रीआयोजकले नै व्यवस्थागर्ने छ ।
यसैगरी शनिबारदेखि खुलाभजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । उक्त भजनप्रतियोगितामा देशभरबाट करिब तीन सयको समूहले प्रतिस्पर्धा गर्ने खुलाभजन चुट्का प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समूहलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीयहुने समूहलाई दुईलाख ५५ हजार पाँच सय ५५, तृतीयहुने समूहलाई एकलाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वनाहुने दुई समूहलाई ६५÷६५ हजार रहेको उनले जानकारी दिए । उनकाअनुसार प्रतियोगितामाविभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कार रहेको छ ।






