अर्थतन्त्र

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाले मात्र समृद्ध नेपाल सम्भव मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् । “समयअनुकूल शिक्षामा रूपान्तरण आवश्यक छ। शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ ।”, उनले भने । मन्त्री थापाले विद्यालय शिक्षा ऐन संघ सरकारले ल्याएपछि प्रदेश सरकारले आफ्नो कानुन बनाउने जानकारी दिए । उनले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले फ्राइडे फर… पुरा पढौ

कास्कीको रूपा गाउँपालिकाको न्यायिक समितिमा ८ वर्षमा १०६ मुद्दा दर्ता ७७ मुद्धा मेलमिलापबाट टुंगिए

पोखरा, कास्कीको रूपा गाउँँपालिकामा विगत ८ बर्षको अन्तरालमा १०६ मुद्दा न्यायिक समितिमा दर्ता भएका छन् । पालिका स्थापना भएदेखि हालसम्म करिव ८ वर्षको अबधिमा न्यायिक समितिमा दर्ता भएका १०६ मुद्धा मध्य ७७ वटा मेलमिलापबाट टुंगो लागेको पालिकाले बुधबार पालिकामा आयोजित एक कार्यक्रम मार्फत जानकारी गराएको हो । जसमध्ये १६ वटा मुद्दाको निरूपण÷फैसला भएका छन भने ४ मुद्धा फिर्ता, तामेलीमा ३ र ४ मुद्धा प्रक्रियामा रहेको न्यायिक समिति संयोजक रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरूङले बताउनु भयो । बुधबार गाउँपालिकामा आयोजित रूपा… पुरा पढौ

प्रथम लायन्स कप भलिबल भोलि देखि, पहिलो खेल इरानी टोली र एपिएफ बिच हुने

पोखरा, पोखरामा भोलिदेखि प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको उद्घाटन खेल इरानको इरानी भलिबल टिम र नेपालको शसस्त्र प्रहरी बल ९एपीएफ० बिच हुनेछ । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसपछि भारतीय टिम र नेपाल पुलिस क्लबबिचको खेल हुने आयोजकले जनाएको छ । त्यसअघि मध्यान्ह्र १२ बजे प्रतियोगिताको उद्घाटन समारोह हुनेछ । उक्त समारोहको प्रमुख अतिथि पोखरा… पुरा पढौ

वैशाख २६ गते हुने नवौं पोखरा स्पोट्र्स अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक

वैशाख १७, पोखरा, ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ । बुधबार पोखराको लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्ड अन्तरगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा पर्न सफल ३र३ जना खेलाडीको नाम सार्वजनिक गरिएको छ । यही वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने… पुरा पढौ

कास्की जिल्ला खेलकुद संघलाई प्लाष्टिक बोतल विन सहयोग

पोखरा, पोखरामा रिसाइक्लि र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनाले कास्की जिल्ला खेलकुद विकास समितिलाई प्लाष्टिक बोतल संकलन विन प्रदान गरेको छ । पोखरा रंगशालाभित्र प्लाष्टिकका बोतलहरु संकलनका लागि कोइकाको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाको समन्वयमा रंगशालामा बोतल विन हस्तान्तरण गरिएको हो । हिमालयन लाइफ प्लाष्टिक प्रा.लिको तर्फबाट पोखरा रंगशाला फोहोर संकलनका लागि एक थान प्लाष्टिक बोतल संकलन विन हस्तान्तरण गरिएको छ । अन्य विन बन्ने क्रममा रहेकाले त्यो पनि छिट्टै प्रदान हुनेछ । हिमालयनको तर्फबाट सोर्सिङ म्यानेजर दिपशन श्रीमल र… पुरा पढौ

बुमर्याङ रेष्टुरेष्ट लगाएत विभिन्न संस्थाले पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने

वैशाख १६, पोखरा, नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा पोखरा ६ लेकसाइडको बुमर्याङ रेष्टुरेष्टले सहयोगको घोषणा गरेको हो । मंगलबार रेष्टुरेष्टका सञ्चालक गणेश बहादुर भट्टराई र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै मंगलबारनै अवार्डलाई सफल बनाउन… पुरा पढौ

जन्मदिनमा पोखरा वृद्धाश्रमलाई सहयोग

गण्डकी, १६ बैशाख, पछिल्लो दिनमा सय जन्मदिन तड्कभड्क भन्दा सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गरेर मनाउने प्रचलन बढेको छ । स्वदेशमा होस वा विदेशमा रहेका नेपालीले आप्mनो परिवारका सदस्यको जन्मदिनका अवसरमा फजुल खर्च कटाएर असहाय एवम् विपन्न आश्रित संस्थालाई सहयोग गर्ने भावना बढेको हो । पोखरा महानगरपालिका वडा नं. १५ स्थायी घर भई रोजगारीका सिलसिलामा हङकङमा रहनु भएका इन्द्रबहादुर र सुमिता थापामगरले आप्mनो छोरी आरुमा थापामगरको जन्मदिनको अवसर पारेर पोखरा बृद्धाश्रमलाई १८ हजार नगद आर्थिक सहयोग गर्नुभएको छ । पोखरा बृद्धाश्रममा… पुरा पढौ

धर्म विना राजनीति हुदैनस् राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहि

पोखरा १६ बैशाख,पोखरा महानगरपालिका वडा नं। १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो। हाल अन्तरराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने समय तालिका तय भएको छ, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ। कार्यक्रममा आज राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०… पुरा पढौ

विहिबार देखि पोखरामा हुने प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा २ विदेशी सहित ६ टिम सहभागि हुने

पोखरा, १६ वैशाख, पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगितामा २ विदेशी सहित ६ टिमको सहभागिता हुने भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि हुने उक्त प्रतियोगितामा भारत र इरानको टिम २ विदेशी सहित ६ टिमको सहभागिता हुने मंगलबार पोखरा रंगशालामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । स्वदेशी टिमको रुपमा… पुरा पढौ

पोखरामा कलश सहितको विशाल शोभा कलश यात्रा सम्पन्न

पोखरा, १६ वैशाख, पोखरा महानगरपालिका वडा नं। १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ। कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै अगाडि बढेको थियो । गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो।कलश यात्रामा चर्चित कथा बाचिका… पुरा पढौ