अर्थतन्त्र

संगठन विस्तार र उत्पादनमा जोड्न अध्यक्ष प्रचण्डको आग्रह,(भिडियो सहित) बृहत सडक आन्दोलन गर्ने

दीननाथ बराल, पोखरा, ५ भदौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले संगठन विस्तार र उत्पादन वृद्धिमा जोड दिनु भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) गण्डकी प्रदेश समितिले पोखरामा विहिबार आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता कार्यकर्ता सहित मजदुरहरुलाई संगठन विस्तार र उत्पादनमा जोड्न आग्रह गर्नु भएको हो । https://www.youtube.com/watch?v=CAg_EaGp4TA माओवादी केन्द्रलाई फेरि एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “गणतन्त्र र समाजवादलाई संस्थागत गर्नका लागि एउटा संकल्प,… पुरा पढौ

उपाध्यक्ष मात्र होइन अब अध्यक्षमा दाबी गर्न महिला नेतृलाई सञ्चारमन्त्री गुरुङको आग्रह

दीननाथ बराल,पोखरा ५, भदौं, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले महिलाहरुलाई पालिको उपाध्यक्षमा मात्र नभई अब अध्यक्षमै प्रतिष्प्रर्धा गर्न आग्रह गर्नुभयो । अखिल नेपाल महिला सङ्घ गण्डकी प्रदेश कमिटीको बिहीबार सुरु भएको दोस्रो सम्मेलनमा बोल्दै नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका मन्त्री गुरुङले आउने चुनावमा कति वटा वडाध्यक्ष महिला लड्ने, कुन कुन पालिकामा उपाध्यक्ष, उपमेयर होइन, प्रमुख नै माग्ने भन्ने योजना बनाउन महिलाहरुलाई आग्रह गर्नु भएको हो । सोहि अनुसारको गृहकार्य आजैबाट सुरु गर्न सुझाव दिदै मन्त्री गुरुङले… पुरा पढौ

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव शुक्रबार देखि, पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

पोखरा ५ भाद्र, “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ सुरु हुदैछ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा १५ भदौसम्म संचालन हुने महोत्सवको पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी… पुरा पढौ

संगठन सुदृढता मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीले संगठनात्मक सुदृढता र आन्तरिक एकतामार्फत जनताप्रति हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कास्कीको ९ औं जिल्ला एवम् प्रदेश विभागीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण, प्रमाणपत्र वितरण एवम् जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती कर्मचारी संगठनले कर्मचारी अधिकारको संरक्षणसँगै पारदर्शी, जिम्मेवार र दक्ष सेवाप्रवाहमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए । “निजामती कर्मचारी युनियन कर्मचारी वर्गको पेशागत अधिकार र हितको मात्र पक्षधर नभई सुशासन,… पुरा पढौ

आन्तरिक नियन्त्रण प्रणाली निर्माण गरेर जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुन जि.स.स.कास्की प्रमुख पौडेलको आग्रह

पोखरा ,साउन ४, जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरू संग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले कार्य सम्पादन र बिकास निर्माणका असल अभ्यास आदान प्रदान सहित समस्याहरूको निराकरण र प्रभाबकारी समन्वयका निम्ति कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आपसी अनुभव आदान प्रदानले प्रभाबकारी कार्यसम्पादनको स्तर वृद्धिमा सहयोग गर्ने उल्लेख गर्नुभयो। पौडेलले सबै पालिकाहरूले आन्तरिक नियन्त्रण प्रणाली निर्माण गरेर जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुनुपर्ने… पुरा पढौ

पोखराको पुरानो टुडिखेलमा आयोजना हुने तीज महोत्सवमा ढिकी–चाँतो प्रतियोगिता हुने, विजेतालाई १२ हजार पुरस्कार

दीननाथ बराल, पोखरा, ४ भदौ, नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको पुरानो टुडिखेल मैदानमा यसपालि तेश्रो संस्करणको ऐतिहासिक तीज महोत्सव–२०८२ हुने भएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखराले आयोजना गर्ने उक्त महोत्सव ६ देखि १५ गतेसम्म संचालन हुने भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । महोत्सवमा परम्परागत मौलिकता झल्काउने ढिकी–चाँतो प्रतियोगिता हुने भएको छ । आमा समूह स्तरीय यो प्रतियोगितामा ग्रामीण जीवनशैली र पुराना संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य उक्त प्रतियोगिता समावेस गरिएको… पुरा पढौ

महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम

पोखरा, पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ छ । सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले महिलाका विचार र आवाजलाई निर्णायक भूमिकामा स्थान दिनुपर्ने बताइन्। उनले… पुरा पढौ

लेकसाइडमा टेवानको ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’ हुने पर्यटक सहित १० हजार दर्शक सहभागि गराउने लक्ष्य

पोखरा, ४ भदौ, पर्यटकीय नगरी पोखरामा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा विदेशी पर्यटक सहित १० हजार भन्दा बढी दर्शक सहभागि गराउने लक्ष्य राखिएको टेवानले जनाएको छ । महोत्सवमा नेपाली महिलाको भक्ति, उल्लास र सामूहिक संस्कृतिको पर्वका रूपमा मनाइने तीजको परम्परागत गीतहरूलाई खुला चौरमा पुनर्जीवित गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको… पुरा पढौ

पर्यटकको सुरक्षाका लागि सरोकारवाला विच छलफल

पोखरा, ४ भदौं, उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा राखेर मुस्ताङ स्थित घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्यमा कार्यक्रम भएको हो । खासगरी पछिल्ला वर्षहरुमा नेपालको सिमावर्ती तराई र सँगैका भारतीय शहरबाट पर्यटकहरु एकै दिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम चलेपछि सरोकारवालाहरुको ध्यानाकर्षण भएको हो । समुन्द्र सतहबाट… पुरा पढौ

दार्जिलिङमा भव्य साहित्य उत्सव स् इजा स्मृति दिवसको १२ औँ संस्करण सम्पन्न

देवेन्द्र कार्की दार्जिलिङ, अगस्ट १०, दार्जिलिङस्थित इजा प्रकाशनले आयोजना गर्ने ‘इजा स्मृति दिवस’ यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। दिवंगत इजा हाङ्मा सुब्बाको जन्मदिनको अवसरमा मनाइने यो साहित्यिक उत्सवको १२ औँ संस्करण नेपाली साहित्य सम्मेलनको सभाहलमा गरियो। नेपाल, सिक्किम, आसाम, खरसाङ, गान्तोकलगायत क्षेत्रका साहित्यकार र साहित्यानुरागीहरुको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा दीप प्रज्वलन गर्दै इजाको तस्वीरमा पुष्प अर्पण गरिएको थियो। गायिका सोनु राईको सरस्वती वन्दना र साहित्यकार सुनिल राई प्रणामीको आकर्षक सञ्चालनले माहौल थप जीवन्त बनाएको थियो। यस वर्षको… पुरा पढौ