टान गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी निर्वाचित

-


     पोखरा क्लिक     
     असाेज २८ गते २०८३ मा प्रकाशित


पोखरा २८, असोज,

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी निर्वाचित हुनुभएको छ । टान गण्डकीको ३३औँ वार्षिक साधारण सभा तथा १९औँ अधिवेशनले सुवेदीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्षमा कृष्ण आचार्य, प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण सिग्देल, सचिवमा भूपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल चयन हुनुभएको छ । त्यसैगरी, कार्यसमिति सदस्यमा बलराम दाहाल, भूपेन्द्र गौतम, अजय राज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।

नयाँ नेतृत्व चयनसँगै गण्डकी प्रदेशको पदयात्रा पर्यटनलाई थप व्यवस्थित बनाउने, पर्यटन व्यवसायीको विश्वास अभिवृद्धि गर्ने तथा विपद्बाट प्रभावित पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउने जिम्मेवारी नयाँ कार्यसमितिसामु आएको छ । कार्यक्रममा पर्यटन विकासका लागि स्थानीय बासिन्दा र व्यवसायीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै निराशालाई आशामा बदल्नुपर्नेमा जोड दिइएको थियो ।



This will close in 20 seconds