महिलाका लागि यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना

-


     पोखरा क्लिक     
     असाेज २ गते २०८३ मा प्रकाशित


पोखरा, २ असोज,

नेपाल परिवार नियोजन संघ कास्कीले महिलाका लागि यौन तथा प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । १३ औं परिवार योजना दिवस तथा नेपाल परिवार नियोजन संघको ६७ औं स्थापना दिवसको अवसरमा पोखरा १४ काजिपोखरीमा कार्यक्रम गरिएको हो ।

जलेश्वर आमा समूह र प्रगतिशील टोल विकास संस्थाको समन्वयमा कार्यक्रम गरिएको थियो । समुदायमा परिवार नियोजनका सेवा बारे जानकारी दिने र महिलासँग सम्वन्धित स्वास्थ्य समस्या बारे सचेतना गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रम उद्घाटन पोखरा महानगरपालिका वडा नं १४ का वडाध्यक्ष बोध बहादुर कार्कीले गर्नुभएको थियो । कार्यक्रममा उहाँले मानिसको जीवनको लागि स्वास्थ्य सबैभन्दा बढी महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले जनताका आवश्यकतामा आफू सदैव साथमा रहने बताउनुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका विशेषज्ञ सदस्य डा. लक्ष्मी पौडेल, वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ नर्स अनुषा भुजेल र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गर्नुभएको थियो ।