स्टेप बाई स्टेप मा.वि.मा चेस प्रतियोगिता

-


     पोखरा क्लिक     
     श्रावण २९ गते २०८३ मा प्रकाशित


पोखरा, २९ साउन,

पोखरा मासवारमा रहेको स्टेप बाई स्टेप माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच चेस प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

विद्यार्थीहरूमा तार्किक सोच, एकाग्रता, धैर्यता तथा निर्णय क्षमता विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यालयका १५५ जना छात्र तथा छात्राले सहभागिता जनाएका थिए। प्रतियोगिताको अवसरमा विद्यालयका प्राचार्य निर्मला बरालले चेस खेलले विद्यार्थीहरूको बौद्धिक तथा तार्किक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले अध्ययनसँगै यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने धारणा व्यक्त गरिन्। त्यसैगरी सहप्राचार्य दीपक गिरीले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई शुभकामना दिँदै विद्यालयले नियमित अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको बताए।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विकल बरालको संयोजनमा सम्पन्न प्रतियोगितामा विद्यार्थीहरूलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। कक्षा ६–८ लाई एउटा समूह तथा कक्षा ९–१० लाई अर्को समूहमा विभाजन गरिएको थियो। प्रतियोगिताअन्तर्गत कक्षा ६–८ छात्रातर्फ पूर्णिमा गुरुङ ९कक्षा ७० प्रथम, करिश्मा तामाङ (कक्षा ७) द्वितीय तथा आइस्ना थापा ९कक्षा ९० र सवित्रा नेपाली ९कक्षा १०० तृतीय भएका थिए।

त्यसैगरी कक्षा ६–८ छात्रतर्फ सुशान्त गुरुङ (कक्षा ७) प्रथम, एल्सन थापा ९कक्षा ७० द्वितीय तथा सम्राट थापा (कक्षा ७) र विनायक गुरुङ (कक्षा ८) तृतीय भएका थिए। कक्षा ९–१० छात्रतर्फ आविष्कार के।सी। (कक्षा ९) प्रथम, शशांक बस्नेत (कक्षा १०) द्वितीय तथा अनुष राज शर्मा (कक्षा ९) र सोयाब अहमद (कक्षा ९४ तृतीय भएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल सम्पूर्ण विद्यार्थीलाई विद्यालय परिवारले हार्दिक बधाई ज्ञापन गरेको छ। साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण शिक्षक–शिक्षिका तथा सहभागी विद्यार्थीप्रति विद्यालयले हार्दिक आभार व्यक्त गरेको छ।