खेलकुद पत्रकार मञ्चका सदस्य तथा फोटो पत्रकार उमेश पुनलाई मातृशोक

-


     पोखरा क्लिक     
     श्रावण २० गते २०८३ मा प्रकाशित


काठमाडौं, २० साउन,

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य एवं फोटो पत्रकार उमेश पुनलाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा भिमकुमारी पुन (भमु) को ७० वर्षको उमेरमा साउन १९ गते मंगलबार निधन भएको पारिवारीक श्रोतले पोखराक्लिकलाई जनाएको छ ।

विगत २६ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आउनुभएकी भिमकुमारी पुन विगत ८ वर्षदेखि मिर्गौलाबाट प्रभावित हुनुहुन्थ्यो। उपचारकै क्रममा उहाँको मेडिसिटि हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको आज बिहान काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पारिवारिक परम्पराअनुसार काजकिरिया पोखरा महानगरपालिका–१०, रामबजारमा सम्पन्न गरिने परिवारले जनाएको छ।

दिवंगत भिमकुमारी पुनका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ। भिमकुमारी पुनको निधनप्रति खेलकुद पत्रकार मञ्च गण्डकी तथा फोटो पत्रकार संघ कास्कीले गहिरो दुःख व्यक्त गर्दै पत्रकार उमेश पुनसहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।



This will close in 20 seconds