रोटरी क्लब अफ पोखरा अन्नपूर्णद्वारा विद्यालयलाई शैक्षिक समाग्री सहयोग

-


     पोखरा क्लिक     
     जेठ ३० गते २०८३ मा प्रकाशित


पोखरा जेठ ३०,

रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखरा महानगरपालिका–३३ बागमारास्थित जनज्योति प्राथमिक विद्यालयलाई स्टेशनरी र खेलकुद सामग्री सहयोग गरेको छ । क्लबले शुक्रवार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरेर कक्षा १ देखि ५ सम्म अध्ययनरत ३५ जना बिद्यार्थीलाई उक्त शैक्षिक सामग्री सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सइन्द्रराज श्रेष्ठले स्वार्थभन्दा माथि उठेर समाज सेवामा लाग्नु रोटरीको मुख्य उद्देश्य रहेको उल्लेख गरे । उनले विभिन्न क्षेत्रमा सेवा गर्दै आएको क्लबले शिक्षाको क्षेत्रमा पनि योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा क्लबका उपाध्यक्ष निकेश कर्माचार्यले शिक्षा र खेलकुद दुवै बालबालिकाको समग्र विकासका महत्वपूर्ण आधार भएकाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेल, प्रधानाध्यापक नारायण प्रसाद आचार्य लगाएतले बोलेका थिए ।कार्यक्रममा पूर्व अध्यक्षहरु ईश्वर प्रसाद कर्माचार्य,सुरेश ध्वजु,तोया बहादुर भट्टराई,पि.इ सरोज बराल, ए.जि बाबुराम बराल,सदस्य बविन नेपाली लगाएतको सहभागिता रहेको थियो। क्लबका अध्यक्ष सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम भुजेलले गरेका हुन् ।