प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै

-


     पोखरा क्लिक     
     जेठ १२ गते २०८३ मा प्रकाशित


जेष्ठ १२,पोखरा,

पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा प्रथम पिसिएम प्लस टु फुटसल टुर्नामेण्ट हुने भएको छ । ‘च्याम्पिन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नाराका साथ हुने उक्त प्रतियोगिता यहि जेष्ठ १५ र १६ गते गणेशटोलस्थित बि–फिटमा सञ्चालन गरिने कलेजले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरि द्धितिय हुने समुहले नगद रु १५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । युवा नेतृत्व विकास तथा विद्यार्थी मैत्री गतिविधी बढाउने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागेको कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले बताउनुभयो । खेल संयोजक प्रतिक राइका अनुसार प्रतियोगितामा झण्डै २० कलेजको सहभागिता रहने छ । १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगितामा भाग लिन दर्ता शुल्क लाग्नेछैन । यसैगरि कलेजले सोहि मितिमा अन्तर कलेज पब्जी प्रतियोगिता पनि गर्दैछ । पब्जीमा प्रथम हुनेले नगद रु १० हजार तथा द्धितियले नगद रु ५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

जेष्ठ ३० र ३१ गते कलेजकै खेल मैदानमा छात्र÷छात्रा बास्केटबल प्रतियोगिता हुनेछ । बास्केटबलमा छात्रतर्फ प्रथम हुनेले नगद रु १५ हजार तथा द्धितियले नगद रु १० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने बिबिए दिवा तथा बिबिए फाइनान्स संयोजक सरोज कुँवरले जनाए । छात्रातर्फ प्रथम हुनेले नगद रु १० हजार तथा द्धितियले नगद रु ५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।