
पोखरा, २७ चैत्र,
गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटरफाइनलका खेल सकिएका छन् । मालेपाटन खेलमैदानमा आज ९शुक्रबार० भएको पहिलो खेलमा आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सलाई ३–० को गोल अन्तरले पराजित गर्यो ।
आयोजकको जीतमा गणेश कुँवर, अमृत आलेमगर र बासु जिसीले समान १र१ गोलको योगदान दिए । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकतामाथी एनके एफसीले ३–० गोल अन्तरले सहज जीत निकाल्यो । एनकेको जीतमा मनिष थापाले २ गोल गरे भने कन्या गुरुङले १ गोलको योगदान दिए । तेस्रो खेलमा एट टु नाइनलाई पोखरा १५ ले २–० गोलले पराजित गर्दै पोखरा १४ क्वाटरफाइनलमा प्रवेश गर्यो । पोखरा १५ को जीतमा अशोक लामा र रोशन सुनारले समान १र१ गोल गरे ।
यस्तै चौथों खेलमा पोखरा लायन्सले टिचर्स एफसीविरुद्ध ५–२ गोल अन्तरले सहज जीत निकाल्यो । पोखरा लायन्सको जीतमा दिपेन शाही, विष्णु केसी, रोशन सुहाङ, विष्णु लामिछाने र विजय गुरुङले समान १र१ गोल गरे भने, टिर्स एफसीको तर्फबाट डिटी मगर र भरत अधिकारीले समान १र१ गोल गरे । यसैगरी आज भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा हेमजा एफसीविरुद्ध कस्केरी भेट्रान्सले २–१ गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । कस्केरीको जीतमा अन्तिम गुरुङ र लक्ष्मण महतले १र१ गोल गरे भने हेमजाको तर्फबाट मिलन गुरुङले सान्त्वना १ गोल फर्काए । अब शनिबार क्वाटरफाइनलका ४ खेल हुने र्यामोस गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । उनका अनुसार विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए ।



