फोटो पत्रकार अक्षयकोषमा अमेरिकाको ह्युमन रिभोलुसनको सहयोग

-


     पोखरा क्लिक     
     फागुन २६ गते २०८२ मा प्रकाशित


पोखरा, २६ फागुन,

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको । फोटो पत्रकार अक्षयकोष’ मा अमेरिकाको ह्युमन रिभोलुसनले आर्थिक सहयोग गरेको छ । अमेरिकाको च्यारिटी संस्था ह्युमन रिभोलुसनका संस्थापक जीवन बरालले अक्षयकोषमा नगद १५ हजार १३७ रुपैयाँ सहयोग गरेका हुन् । बरालले अमेरिकाबाट सिधैं एनपिजेए कास्कीको
खातामा उक्त रकम जम्मा गरिदिएका हुन् ।

पोखरा निवासी बरालले अमेरिकामा सञ्चालन गरेको ह्युमन रिभोलुसनले विभिन्न च्यारिटी कार्यक्रम गर्दै आएको छ । आफ्नो संस्था परोपकारी कार्यमा लागेकाले फोटो पत्रकार अक्षयकोषमा पनि सहयोग गरेको संस्थापक बरालले बताए । सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुबले ह्युमन रिभोलुसनलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।