
पोखरा देखि काठमाण्डौं जार्दै गरेको यात्रुबाहक बस आज बिहान धादिङ, ५ भैंसेगौडामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। आज विहान करिब १ः१५ बजे (राति) ग १ ख १४२१ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल त्रिशुलीको नदी किनारमा खसेर क्षतविक्षत अवस्थामा फेला परेको धार्दिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले पोखराक्लिकलाई बताउनु भयो ।

दुर्घटनामा ६ महिला र ११ पुरुषको घटनास्थलमै मृत्यु भएको स्थानियले बताए पनि उहाँहरुलाई अस्पताल पठाइएको छ । मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेको जनाइएको छ, जसमा एक जना न्यूजील्याण्डका नागरिक रहनु भएको छ ।
बसमा ४४ जना सवार रहेको बताइएको छ। घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी काठमाण्डौंको ट्रमा सेन्टर, नेश्नल अस्पताल लगायतका अस्पतालमा उपचचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।रातिको समय, अप्ठेरो भौगोलिक अवस्था र उद्धार सामग्री अभावका कारण उद्धार कार्यमा केही कठिनाइ भए पनि समयमै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, र्याफ्टीङ व्यवसायी स्थानीय लगायतको सहयोग प्राप्त भएको प्रजिअ सुवेदीले जनाउनु भयो । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली समेत परिचालन गरिएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फोटो एआई जेनेरेट





