कास्कीमा ४ हजार सुरक्षाकर्मी, २ हजार कर्मचारी खटिदै (भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन १० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १०, फागुन,

देशमा हाल चुनावी माहोल निकै तातिएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिन बाँकी छदा कास्की निर्वाचनको अन्तिम तयारी तिव्र पारिएको छ । कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा सौहादपूर्ण र निष्पक्ष एवं शान्तिपूर्ण निर्वाचन गराउन आवश्यक तयारी तिव्र पारिएको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताउनु भयो । दुई दिन अघि उहाँसंग गरिएको कुराकानीको केही अंश जस्ताको तस्तै ।

कास्कीमा १ सय ५३ मतदानस्थल र ३ सय ६३ वटा मतदान केन्द्र निर्धारण गरिएसंगै सो क्षेत्रको बस्तु स्थितीबारे हाल अनुगमन यातायात एवं ढुवानीको सम्बन्धमा तथा कर्मचारी व्यबस्थापन देखि सुरक्षा व्यबस्थापनको काम अन्तिम चरणमा पुगेको उहाँले जनाउनु भयो । उहाँले भन्नुभयो“यो निर्वाचन भय रहित निष्पक्ष ढंगले गराउनु हामी सबैको दाहित्व हो, यसमा सबै उम्मेदवार, मतदाता जिम्मेवार हुनु पर्छ, हामीले शान्तिको प्रत्याभूति दिलाउछौं निर्वाचनमा सबै सक्रिय रुपमा सहभागि हुनुहोला । ”निर्वाचनका लागि आवश्यक ५३ प्रकारका सामग्रीमध्ये ५२ प्रकारका सामग्री जिल्लामा आइसकेको बताउदै उहाँले सोमबारदेखि मतदान अधिकृत, सहायकमतदान अधिकृत सहितका कर्मचारीलाई तीन दिने तालिम दिने तयारी गरिएको जनाउनु भयो । कास्कीको सुरक्षालाई मध्यनजर गरी सुरक्षाका तीन वटै अंगलाई परिचान गरीने केहीको काम सुरु भएको मुख्यनिर्वाचन अधिकृत बेलबासेले जनाउनु भयो । २ हजार १ सय ८३ जना कर्मचारी कास्कीको निर्वाचनमा परिचालन हुने भएको उहाँले जनाउनु भयो ।“

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सुरक्षाका दृष्टिले अतिसंवेदनशील र संवेदनशील मानिएका मतदानस्थलको अनुगमन गर्दै सुरक्षा व्यबस्था मिलाएको बताउनु भयो ।

सडक पहुँचको अवस्था, ढुवानीको व्याबस्था, बाटोको अबस्था लगायतको बिषयमा सरोकारवालाहरुसंग छलफल र संवाद गर्दै अघि बढेको उहाँले जनाउनु भयो । कास्कीमा जनपद प्रहरी सहित सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट गरी ४ हजार १ सय ५४ जना सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिने भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले उल्लेख गर्नुभयो । यसमा निर्वाचन प्रहरी तथा निर्वाचन शसस्त्र प्रहरी सहित उक्त सङख्यामा सुरक्षा निकाय खटिएसंगै आवश्यक परेको खण्डमा प्रदेश प्रहरी र पश्चिम पृचना हेड क्वाटरबाट मगाउन सकिने यसका साथै मोवाइल टोली छुट्रै सुरक्षाको व्यबथामा रहने भएको प्रशासनले जनाएको छ । यसमा नेपाली प्रहरी ९ सय ९३, निर्वाचन प्रहरी १ हजार ९ सय २३, शसस्त्र प्रहरी ५ सय ३५, निर्वाचन शसस्त्र प्रहरी २ सय ५३ र नेपाली सेना ४ सय ५० जना परिचालन हुने भएको बरालले जनाउनु भयो ।

कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन् । निर्वाचनको दिनमा मतदान स्थलमा प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र आवश्यक अनुसार मोवाइल टोली रहने भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो । २०७९ मा २ लाख ९१ हजार ५ सय ६८ मतदाता रहेको कास्कीमा हाल बढेर ३ लाख ८ हजार ५ सय ७२ पुगेको छ । २०७९ को निर्वाचन पछि कास्कीमा १७ हजार ४ मत बढेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानले बताउनु भयोे । कास्की क्षेत्र नम्बर १ मा हाल १ लाख १६ हजार ८ सय ७८ मतदाता रहेका छन भने कास्की क्षेत्र नम्बर २ मा ८४ हजार १ सय ३४ मतदाता रहनु भएको छ भने कास्की क्षेत्र नम्बर ३ मा १ लख ७ हजार ५ सय ६० मतदाता रहनु भएको उहाँदले जनाउनु भयो । अघिल्लो संस्करणको निर्वाचन पछि कास्की १ मा ६ हजार १ सय ६३, कास्की २ मा ४ हजार ९ सय ९६ र कास्की ३ मा ५ हजार ८ सय ४५ मतदाता बढी रहनु भएको हो ।

कास्की जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्र सहित ४९ जना उम्मेदवार रहनु भएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहनु भएको छ भने ६ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिनु भएको छ । कास्की–१ मा १७ जना, कास्की–२ मा १७ जना र कास्की–३ मा १५ जनाले उम्मेदवार हुनुहुन्छ ।उम्मेदवारहरुले आफ्नो चुनावी प्रचार अभियान सहित घरदैलो कार्यक्रमलाई हाल तिव्रता दिनु भएको पोखराक्लिकलाई उम्मेदवारहरुको सचिवालहरुले जनाएका छन् ।