
पोखरा, ८, फागुन,
अभिनेत्री माया गुरुङले सहारा फुटबल एकेडेमीका बालकहरुलाई फुटबल बुट सहयोग गरेकी छन् । पोखरा रंगशालामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप अवसरमा उनले एकेडेमीका ३० जना बालकहरुका निम्ति ३० जोडी फुटबल बुट सहयोग गरेकी हुन् । सहारा हङकङका सल्लाहकार समेत रहेकी अभिनेत्री गुरुङले यसअघि पनि एकेडेमीमा सहयोग गर्दैआएकी थिइन् ।
उनको निर्माण बनेको नेपाली फिल्म ‘पेन्सनपट्टा’ ले दुई साताअघि मात्र छायांकन सकाएको छ । लमजुङ लगायतमा छायाकन गरिएको यो फिल्मका निर्देशक माओत्से गुरुङ हुन् । जहाँ, माया आफैँै पनि अभिनय गरेकी छन् । आफ्ना छोरा हिमाल गुरुङको जन्मोत्सव अवसरमा एकेडेमीका बालकहरुलाई सहयोग गर्न पाउँदा सन्तुष्टि मिलेको माया गुरुङले प्रतिक्रिया दिइन् । यसैबीच, ट्रडर्स जेएन एफ।सी। हङकङको प्रायोजन एवं आकाश राईद्वारा एकेडेमीका बालकहरुलाई १० थान फुटबल सहयोग गरिएको थियो ।




