कुमुदिनीमा जेनेरेटिभ एआई शिक्षण कार्यशाला

-


     पोखरा क्लिक     
     फागुन ७ गते २०८२ मा प्रकाशित


पोखरा, ७ फागुन

पोखराको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज (बिहीवार) विद्यालयका शिक्षकहरूका लागि जेनेरेटिभ एआई शिक्षणबारे एक दिने कार्यशाला गरिएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले कार्यशालाका लागि आउनु भएका दुई जना विज्ञलाई स्वागत गर्दै आधुनिक प्रविधिको विकाससँगै शिक्षकहरू पनि प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष पालिखेले अबको शिक्षा परम्परागत तरिकाले मात्र सम्भव नभएको बताउनुभयो। “हामी त्यस्तो युगमा छौँ जहाँ विद्यार्थीहरू सूचना प्रविधिसँग निकै नजिक छन्। यदि शिक्षकले समयअनुसार आफूलाई अपडेट गरेनन् भने उनीहरू विद्यार्थीभन्दा पछि पर्ने डर हुन्छ । ” पालिखेले भन्नुभयो। गणित शिक्षक मन बहादुर भुजेल, सह प्रचार्य मुकेश कुमार अधिकारीले समय प्रविधिको भएकाले शिक्षण सिकाइका लागि एआईलाई सहयोगीको रुपमा अँगाल्न जरुरी भएको र कार्यशाला फलदायी भएकोमा जोड दिनुभयो । कार्यशालामा काठमाडौंबाट पोखरा आउनु भएको काठमाडौं युनिभर्सिटिका डा‍.भरत न्यौपाने र डा.निरोज दाहालले सहजिकरण गर्नुभयो। सो अवसरमा उहाँहरुले एआई शिक्षकको ‘सहयोगी’ मात्र भएको र विकल्प नभएको बताउनु भयो ।



This will close in 20 seconds