
पोखरा,
पोखरा—२२ पुम्दी भुम्दीको ठुलिबिडी सिम्लेपाखा खेलमैदानमा आज (विहिबार) देखि सुरु भएको दोस्रो त्रिभुवन स्मृति कप फाइप ए साइड फुटवल प्रतियोगिता अन्तर्गत पहिलो दिन ११ वटा खेलहरू सम्पन्न भएका छन्।

प्रतियोगिताको अवसरमा पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.को सहकार्य मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय जना सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिएको परिवर्तन युवा क्लबका अध्यक्ष सुदिप बरालले पोखराक्लिकलाई बताए । शिविरमा सामान्य स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरण गरिएको उनले जनाए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी प्रसाद बराल (जिबन) ले उक्त प्रतियोगिताको उद्घाटन गर्दै क्लवले खेलको माध्यमबाट समाजमा जागरण सहित खेलप्रति आकर्षण बढाउने काम गरेको बताए । पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले वडामा हुने यस्ता कार्यक्रमले युवाहरुमा कुलबाट टाडा रहन प्रेरणा दिने बताए ।
क्लवका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा कार्यक्रममा क्लबकी उपाध्यक्ष सरस्वती बरालले स्वागत मनतव्य राखेकी थिइन भने क्लबकी सचिव दक्षिण बरालले कार्यक्रम्को संचालन गरीन् । उपस्थित अतिथिहरूले खेलकुदले समाजमा एकता, अनुशासन र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उल्लेख गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।



