
दीननाथ बराल,
पोखरा, ३ फागुन,
चर्च व्वाइज यूाइटेडलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लव पोखरामा जारी २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (आइतबार) भएको दोश्रो क्वाटरफाइनल खेलमा जावलाखेलले चर्च व्वाइज यूनाइटेडलाई ३—० को गोल अन्तरले स्तब्ध पार्दै अन्तिम चारमा यात्रा तय गरेको हो ।
जावलाखेलको जितमा धर्मेन्द्र कुवंर, निकोलस ओडेन ह्यामिल्टन र सुजन गुरुङले एक ÷एक गोलको योगदान दिनुभयो । पहिलो हापमा दुबै तर्फ गोल हुन सकेन भने दोश्रो हापको चौथो मिनेटमै जावलाखेलले अग्रता लिएको हो । जावलाखेलका कुवंरले खेलको ४८ औं, निकोलसले ८८ औं र गुरुङले इन्जुरी समयमा (९० प्लस १ मिनेटमा) गोल गर्नु भएको हो ।

गत बर्ष नेपाल पुसिल क्लवसंग पराजित हुदै सेमिफाइनल खेलमा बाहिरिएको चर्च व्वाईज यसपाली धरानबाट हतार हतारमा पोखरामा आएको पहिलो खेलबाट बाहिरिनु पर्यो । चर्चका प्रशिक्षक सुमन श्रेष्ठले धरानमा हिजो खेलेर आज विहान मात्र आएको खेलाडीहरुले थकानका कारण उत्कृष्ट खेल प्रर्दशन गर्दा गर्दै हार्र पुगेको बताउनु भयो । जावलाखेलका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले आफुहरुसंग अनुभवी युवा खेलाडीहरु भएकोले आजको खेलमा सन्तोसजनक प्रर्दशन गरेको बताउनु भयो । खेलमा जावलाखेलका निकोलस म्यान अफ दी म्याच घोषित हुनु भयो । आजको खेलमा पोखरामा हल्का पानी परेको थियो । यस अघिल्लो भेटमा चर्चसंग पराजित भएको जावलाखेलले बदला पोखरामा बदला लिएको हो ।

यसैबिच, भोलि (सोमबार) तेश्रो क्वाटरफाइनल खेलमा पोखरेलीको प्रिय टोली मनाङ मस्र्याङदी क्लव र भारत सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेड बिच खेल हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले पोखराक्लिकलाई बताउनु भयो । अन्य दिनको तुलनामा आइतबारको खेलमा दर्शक सहभागिता केही उत्साहजनक रहेको सहारा क्लवका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । क्लवले दर्शक आकर्षण गर्न फ्यान अफ दी म्याच घोषणा गर्दै पुरस्कृत गर्दै आएको छ । हिमश्री फुड्स प्रा.लि.को उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रयोजनमा उक्त प्रतियोगिता निरन्तर हुदै आएको हो ।





