
दीननाथ बराल,
पोखरा, १ फागुन
फ्रेन्ड्स क्लवलाई पराजित गर्दै प्लानिङ व्वाइज यूनाइटेड क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (शुक्रबार) भएको अन्तिम प्रि—क्वाटरफाइनल खेलमा प्लानिङ व्वाइजले फ्रेन्ड्स क्लवलाई ४—० को एकतर्फी गोलको अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

प्लानिङ व्वाइजको जितमा एलेक्स विलियनले एक र पापा अवि केवेले ह्याट्रिक पूरा गर्नु भयो । खेलको २४ औं मिनेटमा एलेक्सले पेनाल्टी मार्फत गोल गरी टिमलाई अग्रता दिलाउनु भयो । केवेले खेलको ४५, ५४ र ८१ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गर्नुभयो । आजको खेलमा प्लानिङ व्वाइजका केवे म्यान अफ दी म्याच घोषित हुनु भयो । फ्रेन्ड्स क्लवले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा पहिलो चरणको खेलबाटै बाहिरिनु पर्यो । प्लानिङ व्वाइजले अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली आवा फुटवल क्लव बिच खेल हुने भएको छ ।

यसैबिच, भोलि शनिबार पहिलो क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लव र नेपाल पुलिस क्लव बिच दिउसो ३ः०० बजे पछि हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । शनिबार देखि दर्शकहरुको उत्साहजन सहभागिता हुने भएको सहारा क्लवका अध्यक्ष केशवबहादुुर थापाले बताउनु भयो । हिमश्री फुड्स प्रालिको उत्पादन आहा पिरो चाउचाउले प्रतियोगिताको अवसरमा पकाएको चाउचाउ निःशुल्क स्वाद परिक्षणको लागि वितरण गरेको छ ।



