जावलाखेल आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रवेश, विहिबार दिउसो ४ बजे एपिएफ बिरुद्ध मनाङ भिड्ने

-


     पोखरा क्लिक     
     माघ २८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २८, माघ,

जावलाखेल युथ क्लब खेलकुदको शहर पोखरामा जारी २५ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज (बुधबार) भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले क्वाटरफाइनलमा यात्रा पक्का गरेको हो ।

जावलाखेलको जितमा खेलको ५४ औं मिनेटमा निकोलस ओडेन ह्यामिन्टन र खेलको ६६ औं मिनेटमा बुबाकार सिसोखोले गोल गर्नु भएको हो । पहिलो हापमा दुबै तर्फ गोल हुन सकेन भने मच्छिन्द्र क्लवले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो चरणको खेलबाटै बाहिरिनु पर्यो । आजको खेलमा जावलाखेलका निकोलस म्यान अफ दी म्याच घोषित हुनु भयो । जावलाखेलले फागुन ३ गते चर्च व्वाइज यूनाइटेडसंग प्रतिष्प्रर्धा गर्ने भएको खेल संयोजक पूर्ण बहादुर गुरुङले जनाउनु भयो ।

यसैबिच, भोलि (विहिबार) तेश्रो प्रि—क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव बिरुद्ध पोखरेलीको प्रिय टोली मनाङ मस्र्याङदी क्लव बिच खेल हुने भएको छ । अस्थायी फ्लटलाइट जडान गरे पनि प्रयाप्त मात्रमा खेल्न योग्न नभएको गुनासो आएसंगै आजदेखि आयोजक सहारा क्लवले दिउसो ४ः०० बजे देखि खेल संचालन गर्न सुरु गरेको हो । यस अघि ५ः०० बजे पछि साँझमा खेल संचालन गर्ने तयारी गरिएको थियो । उद्ुघाटन खेल भने दोश्रो हाप पछि सम्केसाँझमा संचालन भएको थियो । मंगलबार भएको उद्घाटन खेलमा पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई पराजित गर्दै आयोजक सहारा क्लवले २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को क्वाटरफाइनलमा प्रबेश गरेको छ ।फागुन ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिताल रहेको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले पोखराक्लिकलाई बताउनु भयो ।

प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस वर्षको सर्वोत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक हो ।