
पोखरा, २४ माघ,
गण्डकी प्रदेशका अर्थाेपेडिक (हाडजोर्नी) विशेषज्ञहरूको साझा संस्था गण्डकी अर्थाेपेडिक एशोसियसन को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । हालै सम्पन्न एशोसियसनको भेलाले डा. चन्द्र बहादुर मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
नवगठित समितिको प्रेसिडेन्ट इलेक्टको जिम्मेवारी डा. निरज रञ्जितले पाएका छन् । एशोसियसनको उपाध्यक्षमा डा. कृष्ण सापकोटा र महासचिवमा डा. झपिन्द्र पोखरेल चयन भएका छन् । यसैगरी, समितिको सह–सचिवमा डा. नवीन त्रिपाठी, कोषाध्यक्षमा डा. विजय परियार र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङलाई जिम्मेवारी प्रदान गरिएको छ । एशोसियसनको कार्यसमिति सदस्यहरूमा क्रमश डा. दिनेश कुमार वि.क., डा. रवी मोहन ढकाल, डा. नर्मन लामिछाने, डा. भीम सिग्देल र डा. सरोज चन्द्र दाहाल चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले गण्डकी प्रदेशमा हाडजोर्नी तथा नशारोग उपचारको गुणस्तर अभिवृद्धि गर्न, जनचेतना फैलाउन तथा चिकित्सकहरूको पेसागत हकहितमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ ।






