साफ यू—१९ महिला च्याम्पियनसिपमा बंगलादेश र भारतको विजयी सुरुवात, भूटान र नेपाल पराजित (भिडियो)

-


     पोखरा क्लिक     
     माघ १७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १७, माघ,

पोखरामा आज (शनिबार) देखि सुरु भएको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू—१९ महिला फुटबल च्याम्पियनसिपमा बङ्गलादेश र भारतले विजयी सुरुवात गरेका छन् ।

शनिबार पोखरा रङ्गशालाको फुटवल मैदामना भएको पहिलो खेलमा बङ्गालादेशले भुटानलाई एकतर्फी शुन्यका बिरुद्ध १२ गोल गरी सहज जित हासिल गर्यो । बंगलादेशको जितमा मोस्ट मुन्की अख्तर, श्रीमोती तृष्णा रानी र अल्पी अक्तरले ह्याट्रिक गर्न सफल हुनु भयो । खेलमा मोस्ट मुन्की अक्तरले खेलको ४४ औं, ४८ औं, ८१ औं र ९३ औं मिनेटमा गरी ह्याट्रिक सहित ४ गोल गर्नुभएको थियो । त्यसै गरी श्रीमोती तृष्णा रानीले खेलको ४३ औं, ५४ औं र ६० औं मिनेटमा गोल गरी ह्याट्रिक पुरा गर्दा अल्पी अक्तरले खेलको ७३ औं मिनेट, ८६ औं र ९५ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गर्नु भएको हो । खेलमा बङ्गलादेशकी टिम क्याप्टेन अर्पिता विश्वास अर्पिता र मामोनी चक्माले एक–एक गोल गर्नुभएको थियो। चक्माले खेलको २८ औं मिनेटमा र अर्पिताले खेलको इन्जुरी समयको ४ औं (९४ औं )मिनेटमा गोल गर्नु भएको थियो । टिम सम्हालिन नसक्दा भूटानले बंगालादेश बिरुद्ध एक गोल पनि गर्न सकेन ।

त्यसै गरी आज भएको अर्को खेलमा भारतले नेपाललाई १—० को गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा खेलको ४९ औं मिनेटमा पर्ल फर्नान्देसले गरेको गोल नै निर्णायक बन्न पुग्यो । नेपालले आफ्नो घरेलु मैदानमा पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा भारतसंग पहिलो खेलमा पराजित हुनु पुग्यो । यही माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी रहेको छ । नेपालका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले आफुहरुले भारत बिरुद्ध छोटो समयको तयारीका बिच उत्कृष्ट खेल प्रर्दशन गर्दा गर्दै झिनो गोलबाट पराजित हुन परेको बताउनु भयो । उहाँले म्याच वल र आफुहरुले अभ्यास गर्दै आएको वल फरक भएका केही समस्या भएको बताउनु भयो । भारतका प्रशिक्षक प्रमिला कोन्टीले मैदानका कारण राम्रो खेल प्रर्दशन गर्न नसकेको बताउनु भयो । नेपालको राम्रो खेल प्रर्दशन भए पनि फिनिसिङ नहुदा गोल गर्न नसकेको उहाँको भनाई थियो । तष्विर शुर्दशन रञ्जित



This will close in 20 seconds