
पोखरा,
पोखरा २९ मा यही माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार पहिलो सेमीफाइनलका खेल हुने भएको छ । सोमवारक्वाटर फाइनलको अन्तिम खेलबाट जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिम सेमीफाइनलमा प्रवेश गरेसंगै मंगलबार समुह एबाट पहिलो सेमिफाइनल नेपाल प्रहरी गण्डकी प्रदेश बिरुद्ध एन्फा तनहुँ बिच हुने भएको म्याच कमिस्नर गोपाल थापाले बताए । म्याग्दीले सशस्त्र प्रहरी बल ए पी एफ पोखरालाई १–० गोल अन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीका सनम विकले खेलको ८२ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । सोमवारको म्यान अफ द म्याच बन्न सफल विकलाई कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरप्रसाद गुरुङ्गले पाँच हजार पुरस्कार प्रदान गरे । २६ औं आदर्श कप फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको आर्दश युवा क्लबका अध्यक्ष पदम गुरुङले बताए ।
छैटौं टाइगर कप च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने सचिव सन्तोष गुरुङले जनाए ।






