
पोखरा १५, पुस,
नेपाली खेलकुदको प्रतिष्ठित मानिने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करण यही पुस २३ गते पोखरामा हुने भएपछि अवार्डमा सहभागी हुने खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा विशेष अतिथिहरूको आवास व्यवस्था ‘म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स’ मा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड अवधिभरका लागि म्याजेस्टिकलाई ‘अफिसियल होटल’ बनाउने गरी सम्झौता गरेको मञ्चले पोखराक्लिकलाई जनाएको छ ।
अवार्ड पहिलोपटक राजधानीबाट बाहिर पोखरामा हुँदैछ।सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र म्याजेस्टिक लेक फ्रन्टका अध्यक्ष युवा व्यावसायी सुनिल बहादुर भट्टराई ले हस्ताक्षर गर्नुभएको छ। सम्झौताअनुसार अवार्डको मुख्य सचिवालय पनि यही होटलमा रहनेछ, भने अवार्डमा बाहिरबाट उपस्थित हुने पाहुनाहरूको बसोबास म्याजेस्टिकमै सुनिश्चित गरिनेछ। यसअघि अवार्ड काठमाडौंमा आयोजन हुँदै आएको थियो।
“अवार्डलाई सफल बनाउनु पोखराको गर्व र जिम्मेवारी हो” — भट्टराई
सम्झौता पछि प्रतिक्रिया व्यक्त गर्दै म्याजेस्टिकका अध्यक्ष सुनिल बहादुर भट्टराईले प्रतिष्ठित खेल अवार्डसँग सहकार्य गर्न पाउँदा गर्व र खुसी लागेको बबाउनु भयो । उहाँले भन्नुभयो — “राजधानीबाहिर पहिलोपटक हुन लागेको अवार्डमा हाम्रो होटल जोडिनु सम्मानको विषय हो। यो अवार्ड सफल बनाउन पोखराका सबैको भूमिका रहनेछ।”
अवार्ड तयारी तिव्र, पाँच खेलाडी पल्सर मोटरसाइकलका दावेदार
मञ्चका महासचिव अञ्जन खड्का का अनुसार अवार्डका सबै व्यवस्थापन कार्य अनुशासित ढंगले अघि बढिरहेको छ।
यस वर्ष पनि खेलाडीले २०८१ भर गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिनेछ।
१० विधामा अवार्ड प्रदान गरिँदैछः
वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड वितरण हुने भएको हो ।
पिपल्स च्वाइस अवार्ड का लागि मनोनयनमा परेका खेलाडीमा, विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) — लाई डिजिटल वालेट ‘खल्ती’ र ‘आईएमई एप’ मार्फत भोटिङ अभियान जारी छ।
पल्सर मोटरसाइकल पुरस्कार
पिपल्स च्वाइससहित वर्ष पुरुष, महिला, प्रशिक्षक र युवा गरी पाँच विजेताले पल्सर मोटरसाइकल पाउनेछन्।
अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिहरूले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। मुख्य प्रायोजक गोल्छा ग्रुप, पावर्ड बाई यती एयरलाइन्स रहेका छन् ।
म्याजेस्टिक लेक फ्रन्ट ७ रोपनी क्षेत्रमा फैलिएको आधुनिक होटल हो । जहाँ ६२ कोठा — डिलक्स, सुपर डिलक्स र ३ स्वीट रुम, दुई सम्मेलन हल — मिटिङ, कन्फरेन्स तथा कार्यक्रमका लागि उपयुत गन्तव्य हो भने होटलमा स्पा, साउना, स्ट्रिम, मसाज सेवा रहेका छन् । दुई सयभन्दा बढी पाहुनाको क्षमता भएको रेस्टुरेन्टबाट फेवाताल, माछापुच्छ्रे र अन्नपूर्ण दृश्यावलोकन गर्न सकिन्छ भने खुला पार्किङ सुविधा, होटल सञ्चालनको पहिलो वर्षमै ट्रिप एडभाइजरमा पोखराका उत्कृष्ट पाँच होटलमध्ये स्थान बनाएको म्याजेस्टिकसँग सहकार्य हुँदा अवार्डमा थप रौनकता आएको मञ्चले जनाएको छ । यही पुस २३ मा हुने अवार्ड ले पोखरालाई खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।






