नगरिक समाज पोखराको अगुवाईमा फेवातालमा सरसफाई, कर्मचारी, जनप्रतिनिधि सहित सरोकारवालाहरु सफाईमा जुट्दै

-


     पोखरा क्लिक     
     मंसिर ३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३, मंसिर,

नागरिक समाज पोखराको संयोजनमा पोखराको फेवातालमा सरसफाई गरिएको छ । बुधबार पोखराको हल्लनचोक डुङ्गाघाटदेखि बंगलादी डुङ्गाघाटसम्म करिब १ किलोमिटर पैदलमार्गमा जथाभावी फालिएका प्लास्टिकजन्य फोहर, रक्सीका वोत्तल सहित अन्य फोहोर संकलन गरिएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक रामबहादुर पौडेलले पाखराक्लिकलाई बताउनु भयो ।

पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवाताल संरक्षण अभियानमा पोखरा महानगरपालिकाका कर्मचारी सहित जनप्रतिनिधि, जलारी समुदाय, पर्यटन व्यवसयाी सहितका सरोकारवालाहरु जुटेको उहाँले बताउनु भयो । पर्यटनको राजधानि पोखरा आउने अधिकांश पर्यटकहरु घुमघाम गर्ने फेवाताल किनारामा जथभावी प्लाष्टिक सहितका फोहोर मैला फालिएकोले फोहोर नगर्न सचेतना जगाउदै बुधबार गरिएको सरसफाईबाट करिब १ ट्रक फोहोर संकलन गरिएको संयोजक पौडेलले दाबी गर्नु भयो । सो क्षेत्रमा फोहोर नगर्न स्थानिय व्यवसायीहरुलाई आग्रह गरिएको छ ।

सफाइ कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले बाराहीघाटदेखि फेवाफाँटसम्म फेवाताल किनारमा नियमितरूपमा सरसफाई गर्न कर्मचारी परिचालन गर्ने बताउनु भयो । फेवातालको सबै क्षेत्रमा सफाइ व्यवस्थापन विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्दै सरोकारवालाहरु सबैको साथ र सहयोगमा पोखराको फेवातालको सरसफाई सहित संरक्षणमा जुट्नुपर्ने उहाँले बताउनु भयो ।

सफाइ अभियानमा सक्रिय रूपमा सहभागी भई ऐक्यबद्धता जनाउने स्वयंसेवी, स्थानीयवासी तथा सरोकारवालाप्रति आयोजकहरूले धन्यवाद व्यक्त गरेको छ । फेवाताल संरक्षणमा जनस्तरबाट देखिएको चासो र सहकार्यले आगामी दिनमा ताल संरक्षण प्रयासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको पोखरा ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले बताउनु भयो । फेवातालको किनारामा मापदण्ड विपरित व्यवसाय संचालन गरेकाहरुलाई तत्काल हटाउन आग्रह गर्र्दै उहाँले फेवातालमा जथाभावी फोहोर मैला गर्ने उपर कार्वाही गरिने चेतावनी दिनुभयो । फेवातालको फुट्याक भन्दा ६५ मिटर डाटाबाट खुद्रा पसलहरु संचालनको लागि वडाले आग्रह गरेको छ । फेवातालको ताल घर पानी रहेको स्थल पहिचान गरि सकेकोले त्यसको ६५ मिटर भित्रका भौतिक संरचनाहरु स्वत स्फुर्त रुपमा हटाउन महानगरले सूचना समेत जारी गरेको छ ।