त्रिवेणी इन्टरनेशनल कलेजको साधारण सभा सम्पन्न, शैक्षिक पलायन रोक्न विश्वविद्यालयले एकेडेमीक कोर्ष सुधार्नु पर्नेमा जोड

-


     पोखरा क्लिक     
     कार्तिक २३ गते २०८२ मा प्रकाशित


लेखनाथ,

गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। ईन्द्रप्रसाद तिवारीले विद्यार्थीको विदेश पलायन रोक्ने गरी शैक्षिक योजना ल्याउनु पर्नेमा जोड दिएका छन् । त्रिवेणी इन्टरनेशनल कलेजको १० औं बार्षिक साधारण सभाको शनिवार उद्घाटन गदर्,ै कुलपति तिवारीले विश्वविद्यालको एकेडेमिक कोर्षमा विद्यार्थीहरु आश्वस्त हुन नसकेकाले विदेश पलायन हुने गरेको उल्लेख गरे ।

निवारीले गण्डकी विश्वविद्यालयले प्रविधि र अनुसन्धानको क्षेत्रलाई लक्षित गरी पाठ्यक्रमको तयारी गरेको बताउँदै, गण्डकी प्रदेश सरकारले अनुसन्धानको क्षेत्रमा काम गर्ने थप जिम्मेवारी दिएको उल्लेख गरे । उनले यही शैक्षिकशत्रको अन्त्यसम्म विश्वविद्यालयबाट ६० जना आइटीका विद्यार्थी बजारमा निस्कने स्पष्ट पार्दै, उनिलाई रोजगारीको अवसर दिन आग्रह गरे ।
कुलपति तिवारीले विद्यार्थीलाई रोजगारीका बहुक्षेत्रमा प्रवेश गर्नसक्ने गरी क्षमतावान बन्ने गरी अध्यापन गराउन जोड दिए । उनले विद्यार्थीले रोजगारीसँगै अध्ययनलाई पनि जारी राख्नसक्ने वातावरण कलेज र बजारले बनाईदिनु पर्ने बताए । आजकल अधिकांस अभिभावकले आफ्ना बच्चाहरु विदेश उड्ने अवस्थामा मात्रै थाह पाउने गरेको उल्लेख गदै, ं२ सकेका विद्यार्थीलाई देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना भएको समेत स्पष्ट पारे ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली, लेखनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुरारी शर्मा, हिसान कास्कीका अध्यक्ष यम बहादुर रोका, भवानी कालिका माविका प्रधानाध्यापक रमेश भट्टराई, हिसान कास्कीका अध्यक्ष यम बहादुर रोका, कलेजका पूर्व अध्यक्ष राजेन्द्रमणि लामिछाने, निर्वतमान अध्यक्ष बाबुराम गिरी, कलेज प्रमुख यदुनाथ आचार्य, सहायक प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन मोहन भट्टराई, त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एसोसियशनका अध्यक्ष असिम पाण्डे लगायतले कलेजको शैक्षिक गुणस्तरका बारेमा बोलेका थिए ।

कार्यक्रम अध्यक्ष सुमन भट्टराईले शिक्षामा सरकारी, सामुदायिक र नीजि गरी बर्गिकरण गरेर विभेद गर्न नहुने बताए । उनले कलेजमा शुल्क नभएका कारण कोही पनि विद्यार्थी शिक्षाबाट बन्चित हुन नपर्ने बताए । जेहेन्दार र आर्थिक हिसाबले कम अवसर पाएका विद्यार्थीका लागि कलेजले विभिन्न संघसंस्थाको सहकार्यमा छात्रबृृत्तीमा अध्ययनको व्यवस्था मिलाएको बताए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त त्रिवेणी इन्टरनेशनल कलेजमा व्यवस्थापन बिषयमा स्नातक र स्नाकोत्तर तहका कक्षा संचालन हुँदै आएका छन् । कलेजमा झण्डै ६ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।