पोखरामा स्कोरपियोको ठक्करले एक बृद्धको मृत्यु

-


     पोखरा क्लिक     
     असाेज २६ गते २०८२ मा प्रकाशित


पोखरा, २६ असोज,

पोखरामा स्कोरपियोको ठक्करले एक बृद्धको मृत्यु भएको छ । पोखरा २५ हेमजाको नहरचोकमा शनिबार बेलुका ६ः५५ बजे ग ३ च ९८१६ नम्बरको स्कोरपियोले ठक्कर दिदा स्थानिय ६७ बर्षीय बृद्ध आस बहादुर बि.क.को मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

स्कोरपियोको ठक्करले शक्त्त घाइते भएका बि.क.को फिस्टेल हस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक रुपा गाउँपालिका ६ का ४१ बर्षीय हिरामणि पंगेनीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

तिव्र गतिका कारण पैदलयात्री बि.क.लाई ठक्कर दिएको स्थानियले गुनासो गरेका छन भने उक्त स्कोरपियोको नविकरण भने दुर्घटनाको भोलि पल्ट भएकोले उक्त घटना थप शंकास्पद भएको मृतकका आफन्तले जनाएका छन् । उक्त घटनाको बारेमा अनुसन्धान भई रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।