कास्केली नागरिकलाई प्रहरीको अनुरोध

-


     पोखरा क्लिक     
     असाेज ७ गते २०८२ मा प्रकाशित


पोखरा, ७ असोज,

प्रहरीले सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको पूर्ण गोपनीयता राख्ने गरी अपि गरेको छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा केही अपराधिक पृष्ठभूमिका व्यक्तिहरु घुसपैठ गरी जिल्ला अन्तर्गतका विभिन्न सुरक्षा निकाय, सरकारी तथा गैर–सरकारी संघ–संस्था, व्यवसायिक प्रतिष्ठान साथै व्यक्तिगत घर–सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र विध्वंसात्मक कार्यमा संलग्न भएका कुनै पनि भिडियोहरु प्रहरी सामु पेश गर्न प्रहरीले आग्रह गरेको छ ।

उक्त घटनासँग सम्बन्धित प्रमाणजन्य सामग्रीहरु — जस्तै सिसिटिभी फुटेज, भिडियो फुटेज, फोटो, भ्वाइस रेकर्ड आदि — निम्न ठेगानामा पठाई सहयोग गर्न अनुरोध गरिएको कास्की प्रहरीले जनाएको छ । ९८५६०३९५९९, ९८५६०३५५१२ उक्त मोवाइल नम्बरमा ह्वाट्सअफमा पठाउन समेत आग्रह गरिएको छ । त्यसैगरी, आन्दोलनका क्रममा सुरक्षा निकायका हातहतियार, असबाब तथा अन्य सामग्रीहरुसहित लुटपाट गरिएका कुनै पनि वस्तुहरु लुकाई–छिपाई राखिएको जानकारी भएमा समेत प्रहरीलाई तत्काल जानकारी दिन आग्रह गरिएको छ । प्रहरीले सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको पूर्ण गोपनीयता कायम गरिने आश्वासन पनि दिएको छ।